default_image

8 years ago

November 26, 2016

अनन्तको स्वास्थ्य लाभको कामना गर्दै ट्याटु

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चोटग्रस्त राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ शीर्घस्थास्थ्य लाभको कामनासहित उनका एक समर्थकले हातमा ट्याटु बनाएका छन् । झापामा सुरुङ्गा गोल्डकपको फाइनल खेल्ने तयारीमा रहेका राष्ट्रिय टोलीमा मिडफिल्डर विक्रम लामाले ट्याटुको फोटो फेसबुकमा राखेका छन् । ट्याटुको फोटो राख्दै विक्रमले लेखेका छन्,‘झापामा मैले आज यस्तो देखे । उत्तम समर्थक र सच्चा शुभेच्छुक ।’ उनले अनन्तका लागि लेखेका छन्,‘केही नराम्रो हुने छैन । तिमी छिट्टै ठिक हुनेछौं । गेट वेल सुन’ ।

ananta
दस दिन अघि मलेसियामा सम्पन्न सोलिडारिटी कपका दौरान घुडाँमा लागेको चोटका कारण अनन्त कम्तीमा दुई महिना मैदान बाहिर रहनुपर्नेछ । नेपालको उमेर समूहदेखि सिनियर टोलीले पछिल्ला १५ महिनामा प्राप्त गरेका ४ सफलताको महत्वपूर्ण हिस्सा रहेका अनन्तलाई लाओसविरुद्धको खेलमा चोट लागेको थियो । विपक्षी खेलाडीसँग ठोक्किएर उनलाई चोट लागेको थियो । चोटका वावजुद उनले मकाउविरुद्ध फाइनल खेलेका थिए । लाओससँग निर्धारित २–२ को बराबरी भएको खेलमा अनन्तले गोल पनि गरेका थिए । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।
चोटका वाजुद सोलिडारिटी कपको फाइनल खेलेपनि उनले गत शनिबार फ्रेन्ड्स अफ जापानसँगको मैत्रीपूर्ण खेल खेलेनन् । सोलिडारिटी कप, त्यसअघि दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु गोल्डकप र साफ १९ उपाधि जित्दा अनन्त सबै टोलीमा थिए । एन्फा एकेडेमीका उत्पादन अनन्तलाई रोहित चन्दको विकल्पका रुपमा पनि हेरिएको छ । उनी सेन्टर डिफेन्डरका रुपमा खेल्दै आएका छन् । लावसविरुद्ध महत्वपूर्ण गोल गरका उनले त्यो खेलमा विपक्षीका दुई खतरनाक आक्रमणलाई रोकेका थिए । त्यसमध्ये एक उनले गोललाइनबाट क्लियर गरेका थिए । चिकित्सकले घुँडाको शल्यक्रिया गर्नुपर्ने सम्भावना रहेको बताएका अनन्तले अब आठ साता भने आराम गर्ने हाम्रो खेलकुदलाई जानकारी दिएका थिए ।

ananta-tamang-injury

January 10, 2025

बागमती र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले‌ एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]

January 10, 2025

रियल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]

January 9, 2025

पुलिसलाई हराउँदै एपिएफ शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]

Success

Thank you for your time.