default_image

3 years ago

January 21, 2022

साविक विजेता अल्जेरिया समूह चरणबाटै बाहिर

192 views

0 Bookmark

एजेन्सी – साविक विजेता अल्जेरिया अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार राति समूह चरणको अन्तिम खेलमा आइभोरी कोस्टसँग ३–१ ले पराजित हुँदै अल्जेरिया समूह चरणबाटै बाहिरिएको हो ।

समूह चरणमा अल्जेरिया १ अंक जोड्दै पुछारमा रह्यो । अल्जेरियाले सिएरा लिवानसँगमात्रै गोलरहित बराबरी खेल्दा इक्वाटोरियल गिनियासँग १–० को हार बेहोरेको थियो । आइभोरी कोस्ट भने समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

क्यामरुनमा भइरहेको अफ्रिका कप अफ नेसन्समा आइभोरी कोस्टको जितमा फ्रान्क केस्सी, इब्रामिहम सानगारे र निकोलस पेपेले गोल गरे । अल्जेरियाका सोफिएन बेन्डेब्काले एक गोल फर्काए । अल्जेरियाका रियाद महारेजले पेनाल्टी चुकाएका थिए ।

खेलको २२औं मिनेटमा फ्रान्क केस्सीको गोलबाट आइभोरी कोस्टले सुरुवाती अग्रता लिएको थियो । उनले निकोलस पेपेको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा इब्राहिमले सर्जी औरिएरको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा निकोलस पेपेले सेवास्टिन हालेरको पासमा ग गोल गर्दै आइभोरी कोस्टलाई ३–० ले अघि बढाए । ६०औं मिनेटमा महारेजले पेनाल्टी चुकाउँदा अल्जेरिया गोल अन्तर कम गर्नबाट पनि चुक्यो । ७३औं मिनेटमा सोफिएन बेन्डेब्काले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि टोलीको हार टार्न सकेन ।

यही समूहको अर्काे खेलमा इक्वाटोरियल गिनियाले सिएरा लिवानलाई १–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । इक्वाटोरियलको जितमा पाब्लो गानेटले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यो जितपछि इक्वाटोरियलले समुहमा ३ खेलबाट ६ अंक जोड्यो । पराजित रिएरा लिवान समूहको उत्कृष्ट तेस्रो टोलीको रुपमा अघिल्लो चरण पुग्ने सम्भावना जीवित रहेको छ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.