default_image

2 years ago

January 21, 2022

डेढ महिनापछि हिमालयन शेर्पा र पुलिस भिड्दै

194 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गरेको झण्डै डेढ महिनापछि हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको प्रि क्वार्टरफाइनलमा खेल्दैछन् ।

दशरथ रंगशालामा लिगमा यि दुई टोलीले मंसिर २२ गते एकअर्काको सामना गरेका थिए । जुन खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसको ४३ दिनपछि पोखरा रंगशालामा दुई टोलीको भेट हुँदैछ । खेल दिउँसो २ः३० मा सुरु हुनेछ । हिमालयन शेर्पा युगलकिशोर राई र पुलिस अनन्तराज थापाको प्रशिक्षणमा उत्रनेछ ।

पुलिस आहा गोल्ड कपको सफल क्लबमध्ये एक हो । २०५८ सालमा क्याराभान गोल्ड कपसहित पुलिसले १० पटक फाइनल खेल्दा ६ पटक उपाधि जितेको थियो । पछिल्लो पटक २०७४ सालमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको थियो । २०७६ को फाइनलमा भने पुलिस मनाङसँग पराजित भएको थियो ।

आहामा हिमालयन शेर्पाको भने यो पाँचौं सहभागिता हो । २०६३ मा पहिलो पटक सहभागि भएको शेर्पाले २०६७,२०६८ र पछिल्लो पटक २०७५ मा आहा गोल्ड कप खेलेको थियो । २०६३ र २०६८ मा पहिलो खेलमै पराजित हिमालयन शेर्पा बाँकी दुई संस्करणमा पहिलो खेल जितेपनि दोस्रो खेलमा हार बेहोरेको थियो ।

२० औं संस्करणको आहा गोल्ड कपमा अर्को विभागिय टोली नेपाल एपिएफ फुटबल क्लबले विजयी सुरुवात गरिसकेको छ । आयोजक सहारा क्लबलाई बिहीबार उद्घाटन खेलमा २–० ले हराउँदै एपिएफले बिआईएफसी अमेरिकासँग क्वार्टरफाइनल भेट पक्का गरेको थियो । पुलिस र हिमालय शेर्पाको विजेताले क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

लिगमा विश्वास श्रेष्ठको गोलबाट हिमालयन शेर्पाले पहिलो मिनेटमै अग्रता लिएको थियो । पुलिसका सुमन लामो ६० औं मिनेटमा गोल फर्काउँदै खेललाई बराबरी खेलेका थिए । नवौं चरणको एक खेल बाँकी हुँदा स्थगित लिगको अंकतालिकामा हिमालयन शेर्पा ११ अंकसहित आठौं स्थान र पुलिस ७ अंकका साथ ११ औं स्थानमा छ ।

१४ टोलीको सहभागिता रहेको लिगमा २३ अंकका साथ मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । आहा गोल्डकपमा ८ ए डिभिजनसहित १० टोलीको सहभागिता रहेको छ । आहाको माघ १५ गते हुने फाइनलको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । कोरोनाको तेस्रो लहरका कारण विना दर्शक आहा गोल्ड सञ्चालन भइरहेको छ ।

July 7, 2024

ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरियो!

एजेन्सी – उपाधि दावेदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले […]

July 7, 2024

नेदरल्याण्ड्स युरोको सेमिफाइनलमा

एजेन्सी – टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो । टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए […]

July 7, 2024

स्विट्जरल्यान्डलाई टाईब्रेकरमा हराउँदै इङ्ल्यान्ड युरोको सेमिफाइनलमा

एजेन्सी – इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो । शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले […]

Success

Thank you for your time.