default_image

3 years ago

January 21, 2022

इस्को र हाजार्डको गोलमा रियल म्याड्रिड क्वाटरफाइनलमा

172 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा मिडफिल्डरद्धय इस्को र इडेन हाजार्डले गोल गरेपछि रियल म्याड्रिडले इल्चेलाई पराजित गर्दै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

रियलले घरेलु टोली इल्चेमाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । रियलको जितमा बेन्चबाट आएका इस्को र हाजार्डले गोल गर्दा घरेलु टोलीका गोन्जालो भेर्डुले गरेको गोल सान्त्वना बन्यो ।

इल्चेविरुद्धको खेलको लागि प्रशिक्षक कार्लाे एन्सेलोटीले मुख्य फरवार्ड करिम बेन्जेमालाई विश्राम दिँदा पहिलो रोजाईका केही खेलाडीलाई पनि विश्राम दिएका थिए । सोही कारण रियलले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । रियलले दोस्रो हाफमा क्यासमिरो र लुका मोड्रिचसँगै इस्कोलाई प्रवेश गराउँदा अतिरिक्त समयमा हाजार्डलाई मैदान प्रवेश गराउनु परेको थियो ।

इल्चे बिहीबार राति भएको खेलको निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । १०२औं मिनेटमा कप्तान मार्सेलो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा रियल समस्यामा परेको थियो ।

लगत्तै त्यसमै प्राप्त फ्रिकिकमा १०३औं मिनेटमा गोन्जालो भेर्डुले गोल गरेपछि रियल खेलमा १–० ले पछि परेको थियो । उनको फ्रिकिक रिवाउन्ड हुदा अर्काे प्रहार ड्यानी सेवालोसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

१०८औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७९औं मिनेटमा लुका जोभिकको स्थानमा मैदान छिरेका इस्कोले ९१औं मिनेटमा मैदान छिरेका ड्यानी सेवालोसको पासमा गोल गर्न सफल भएका थिए ।

११५औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर हाजार्डले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । अलाबाको पासमा अफसाइड बिट ट्याप गर्दै गोलरक्षक अघि बढेको अवस्थामा गोलरक्षक र एक डिफेन्डरलाई बिट गर्दै उनले खाली पोस्टमा गोल गरेका थिए ।

९१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका हाजार्डले डेभिड अलाबाको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा पेरे मिल्ला दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इल्चेपनि १० खेलाडीमा समेटिन पुगेको थियो ।

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

Success

Thank you for your time.