3 years ago
January 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विहीबारदेखि पोखरामा सुरु हुने आहा रारा गोल्डकपमा आयोजक टोली सहारा क्लबले मानबहादुर तामाङको कप्तानीमा नै खेल्ने भएको छ । गत संस्करण पनि मानबहादुरले टोलीको कप्तानी गरेका थिए ।
सहाराले उद्घाटन खेलमा विहीबार नेपाल एपिएफ फुटबल क्लबको सामना गर्दैछ । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ । गत संस्करणको उद्घाटन खेलमा सहारा एपिएफसँग १-० ले पराजित भएको थियो । गत सिजन सहाराबाट खेलेका डिफेन्डर एडामा डोम्बीया भने यसपटक एपिएफबाट खेल्नेछन् ।
ए डिभिजन लिगमा सातदोबाटो युवा क्लबको कप्तानी गरिरहेका मानबहादुरसँगै क्लबका अन्य ४ खेलाडी पनि सहाराबाट खेल्नेछन् । गोलरक्षक अभिषेक बराल र डिफेन्डर पासाङ लामासँगै नाइजेरियन डिफेन्डर पिटर सेगुन र फरवार्ड अजायी मार्टिन्सले आयोजकको जर्सी लगाउनेछन् ।
यसपटक सहाराको प्रशिक्षकमा प्रल्हाद हिराचन रहेका छन् । टोलीमा हाल सहारामै रहेका ७ खेलाडीले अन्तिम २३ टोलीमा स्थान बनाएका छन् । यसबाहेक फ्रेन्ड्स क्लबमा आबद्ध रहेका सुशील लामाले पनि सहाराबाट खेल्नेछन् ।
सहाराको अन्तिम टोली :
सुशील लामा, कमल शोमई, विशाल नेपाली, मुकुन्द गैरे, नवराज धमेल, जीवन रायमाझी, अन्जन देवकोटा, अनिल गुरुङ ‘डी’, अभिषेक बराल, पिटर सेगुन, मनबहादुर तामाङ, शाहील गुरुङ, मार्टिन्स अजायी, सुमित श्रेष्ठ, सन्दीप पोखरेल, गङ्गा गुरुङ, भागवत चौधरी, प्रमिश गुरुङ, सुशील बराल, संगम गैरे, पासाङ लामा, प्रशन्न श्रेष्ठ, सरोज गुरुङ
प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेका छ । संकटा, मछिन्द्र, मनाङ, थ्री स्टार, आर्मी, पुलिस, हिमालयन शेर्पा, एपिएफ, भुटानिज युथ स्पोर्ट्स क्लब र आयोजक सहारा गरी १० टोलीको सहभागिता रहेको छ । गतवर्ष संकटा क्लब च्याम्पियन बन्दा अफ्रिकन रुट एसोसिएसन क्यामरुन उपविजेता बनेको थियो ।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले १० लाख १ हजारसहित शिल्ड प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५ लाख १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ प्रक्षेपण गरिएको छ । क्याराभान गोल्ड कपसहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ ।
हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको छ ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]