default_image

2 years ago

January 18, 2022

संकटाका प्रशिक्षक गुरुङ राष्ट्रिय टोलीमा

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब संकटाका प्रशिक्षक विष्णु गुरुङ सहायक प्रशिक्षकको भूमिकामा नेपाली राष्ट्रिय फुटबल टोलीमा सहभागी भएका छन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आग्रहमा एन्फाले उनलाई राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको रुपमा समावेश गरेको हो । अब्दुल्लाहसँग यसअघि किरण श्रेष्ठ सहायक प्रशिक्षक र विकास मल्ल गोलरक्षक प्रशिक्षकको रुपमा प्राविधिक टोलीमा रहेका छन् । गुरुङ टोलीको दोस्रो सहायक प्रशिक्षकको भूमिकामा रहनेछन् ।

प्रशिक्षक अलमुताइरीले गुरुङ निकै सम्भावना बोकेका प्रशिक्षक भएकाले उनलाई आफ्नो टोलीमा समावेश रहेको बताए । ‘मैले उनलाई छनोट गरेको हुँ । एन्फासँग छलफल गरेर दोस्रो सहायक प्रशिक्षक भूमिकामा उनलाई टोलीमा राखेको हुँ । उनी मौरिससविरुद्ध खेलका लागि टोलीमा रहनेछन् । उनी भविष्यमा राम्रो प्रशिक्षक बन्न सक्छन्,’ उनले भने ।

‘म कुनै गुआर्डीओला भएर बोलाएको होइन । म आफूसँग भएको ज्ञान उनीसँग बाँड्न चाहन्छु । म उनी भविष्यमा केहि गरुन भन्ने चाहन्छु । उनले थोरै मात्र सुधार गरे भने निकै राम्रो प्रशिक्षक बन्छन् । सम्भवत अबको दुई वर्षमा उनले मेरो स्थान पनि लिनेछन्,’ उनले भने ।

प्रशिक्षक गुरुङले राष्ट्रिय टोलीमा आबद्ध हुन पाउनुले उत्साहित रहेको बताए । ‘एकदम उत्साहित छु र सम्मानित महसुस गरिरहेको छु । म जे कुरा सिक्न इच्छुक थिएँ, त्यसका लागि मलाई प्रशिक्षकले बोलाउनुभएको छ । म एन्फा र प्रशिक्षक अब्दुल्लाहलाई धन्यवाद दिन चाहन्छु,’ प्रशिक्षक गुरुङले बताए ।

पहिलोपटक ए डिभिजन टोलीको जिम्मेवारी लिएका गुरुङले आफू करिअरको सुरुवातमा रहेको बताए । ‘मेरो यो सपना हो । तर भर्खर मात्र सुरुवात गरेको छु । अझ धेरै मिहिनेत गरेर अघि बढ्नेछु,’ उनले थपे, ‘मेरो सपना हासिल गर्नका लागि मलाई धेरैको सहयोग मिलेको छ । मैले धेरै निखार ल्याएपछि मलाई कुनै समय त्यो स्थानमा देख्नु हुनेछ ।’

प्रशिक्षक गुरुङले यसअघि फुटसलको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । उनले फुटबल टोलीमा फरक वातावरण रहेको बताए । ‘यहाँ निकै फरक वातावरण छ । सकारात्मक वातावरण र एक अर्कासँग हँसिमजाक हुन्छ । मनोबल बढाउने वातावरण छ । मैले त्यो महसुस गर्न पाएको छु,’ उनले भने ।

खेलाडीको रुपमा राष्ट्रिय टोलीमा खेल्न नपाएका विष्णुले आफू प्रशिक्षकको रुपमा त्यो सपना पूरा गर्ने लक्ष्य रहेको बताए । यसबाहेक आफूले प्रशिक्षण दिएका बुटवल एन्फाका खेलाडीले राष्ट्रिय टोलीमा सपना पूरा गरेपनि आफू सफल हुने उनले बताए ।

संकटामा गरेको मिहिनेतको कारण नै यो अवसर पाएको उनले बताए । ‘हामीले संकटामा गरेको मिहिनेतले यो सफल भएको छ । सायद वहाँहरुले हाम्रो मिहिनेत देख्नुभएको थियो,’ उनले भने, ‘यहाँ मैले धेरै कुरा सिक्न पाएको छु । यसले मलाई अझ सुधार गर्ने अवसर मिलेको छ । आशा छ यहाँबाट फर्केर अझ राम्रो प्रदर्शन गर्न सहज हुनेछ ।’

July 1, 2024

एन्फा यु-१८ लिग असार अन्तिमबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यू–१८ युवा लिग असार अन्तिमदेखि सुरु हुने भएको छ । एन्फाले सोमबार सामाजिक संजालको माध्यमबाट यु-१८ लिग असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने घोषणा गरेको हो । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि भएको एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताको सहभागिता, मिति […]

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

Success

Thank you for your time.