default_image

2 years ago

January 18, 2022

अग्रता जोगाउन नसक्दा मिलान घरेलु मैदानमा स्तब्ध

98 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलान घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा स्तब्ध बनेको छ । मिलान स्पेजियासँग २–१ ले स्तब्ध बनेको हो ।

मिलानोमा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न स्पेजियाका केभिन एगुडेलो र इमानुएल क्वार्टसिन ग्यासीले गोल गरे । मिलानका राफयल लियोको गोल सान्त्वना बन्यो ।

४५औं मिनेटमा थियो हर्नान्डेज पेनाल्टीमा चुक्दा मिलानले अग्रता लिन सकेन । लगत्तै पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा राफायल लियोले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । तर मिलानले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।

६४औं मिनेटमा केभिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा इमानुएलले गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारे ।

यो हारसँगै मिलानले शीर्षस्थानमा उक्लने मौकासमेत गुमाएको छ । दोस्रो स्थानमा रहेको मिलानको २२ खेलबाट ४८ अंक छ । शीर्षस्थानको इन्टर मिलानको २१ खेलबाट ५० अंक छ । मिलानलाई हराएको स्पेजिया २२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अर्काे खेलमा नेपोलीले बोलोग्नालाई २–० ले पराजित गरेको छ । यस्तै फियोरेन्टिनाले जिनोआलाई ६–० को भारी अन्तरले पराजित गरेको छ ।

July 3, 2024

उर्जनलाई यू–२० पुरुष टोलीको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक उर्जन श्रेष्ठ यू–२० पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई युथ टोलीको मुख्य प्रशिक्षककको जिम्मेवारी प्रदान गरेको हो । पुर्व खेलाडी समेत रहेका श्रेष्ठसँग ‘ए’ डिभिजन लिगमा प्रशिक्षण सम्हालेको अनुभव छ । उनले थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबको प्रशिक्षण सम्हालिसकेका […]

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

Success

Thank you for your time.