default_image

3 years ago

January 17, 2022

अलमुताइरीले राष्ट्रिय टोली छनोटमा समावेश गरे ८ नयाँ खेलाडी

478 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसिएसविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ३५ सदस्यीय टोली घोषणा गर्ने क्रममा ८ नयाँ खेलाडीलाई समेटेका छन् । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । टोलीले मंगलबारदेखि प्रशिक्षण सुरु गर्दैछ ।

प्रशिक्षक अलमुताइरीले लिगमा गरेको प्रदर्शनलाई आधार मान्दै गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप गुरुङ तथा फरवार्ड सुशील राईलाई पहिलो पटक टोलीमा छनोट गरेका हुन् । सन्तोष तामाङले चोट बोकेपछि प्रशिक्षक अलमुताइरीले आशिष राई र जगजित श्रेष्ठलाई टोलीमा समेटेका छन् ।

आशिष पहिलो पटक टोलीमा परेका हुन् भने जगजित पुनरागमन गर्ने प्रयासमा छन् । यस्तै डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डर सुभाष गुरुङ र फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने बाटो खुलेको छ ।

यो पनि : राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण मंगलबारदेखि

चोटका कारण देवेन्द्र र विमल लामो समयदेखि राष्ट्रिय टोलीबाहिर रहेका थिए । मिडफिल्डर एरिक विष्ट पनि चोटका कारण साफ च्याम्पियनसिप गुमाएपछि टोलीमा फर्केका छन् । यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका दर्शन गुरुङ प्रारम्भिक टोलीमा रहँदा डेब्यु गर्न बाँकी दिनेश हेन्जन पनि ३४ सदस्यीय टोलीमा छन् ।

टोलीमा ५ गोलरक्षक, ६ डिफेन्डर, १७ मिडफिल्डर तथा ७ फरवार्ड रहेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित चन्द भने प्रारम्भिक टोलीमा रहेका छैनन् । साफ च्याम्पियनसिप खेलेको टोलीबाट घाइते भएका नवयुग श्रेष्ठ टोलीमा छैनन् ।

३५ सदस्यीय प्रारम्भिक टोली:

गोलरक्षक : विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, शत्रुघन चौधरी, टिकेन्द्र थापा

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, नविन गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आयुष घलान, आकाश बुढा मगर, एरिक विष्ट, दिनेश हेन्जन, कमल थापा, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई, आशिष राई, जगजित श्रेष्ठ

फरवार्ड : आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल, सुशील राई

राष्ट्रिय टोलीमा परेका ७ नयाँ खेलाडीहरु :

टिकेन्द्र थापाको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

शत्रुघन चौधरीको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

नविन गुरुङको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

आकाश बुढा मगरको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

कृतिश रत्न छुन्जुको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

सुदीप गुरुङको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

सुशील राईको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

आशिष राईको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.