3 years ago
January 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो हाफमा मिडफिल्डर दर्शन गुरुङको दुई गोल सहयोगमा न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । एनआरटीले जावलाखेललाई २–० ले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा जावालाखेल हावी भएपनि दोस्रो हाफमा एनआरटीले सृढृढ खेल पस्कदै गोल गर्न सफल हुदा जित निकाल्न सफल भयो ।
नवौ मिनेटमा ओनगुना जुनियरको पासमा रुप बहादुर लामाको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार आकासिदा जावलाखेल अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा दर्शन गुरुङले सुवर्ण अवसर पाएपनि चुकाउँदा न्युरोड टिम (एनआरटी) अग्रता लिनबाट चुक्यो । बिशाल तामाङको पासमा क्रिटिश रत्न छुन्जुको चलाखीपुर्ण पासमा दर्शन वान भर्सेस वानकै अवस्थामा चुकेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रुप बहादुरकै प्रहार पहिलो बार च्याप्दै बाहिरिदा जावलाखेलले अग्रता लिन सकेन । लगत्तै सुरज ज्यु ठकुरीको क्रसमा गौरव श्रेष्ठको हेडरलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले सहजै नियन्त्रणमा लिए ।
५३औं मिनेटमा स्टेफन समिर विनोङको एकल प्रयासको प्रहार पहिलो बारबाट थोरै बाहिरिदा एनआरटी अग्रता लिनबाट चुक्यो । ६७औ मिनेटमा निकोलस फर्नान्डेसको पासमा रुप बहादुर लामाको पेनाल्टी बक्सभित्रको फ्रि हेडर आकासिदा जावलाखेल चुकचुकायो ।
६९औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए । उनले स्टेफन समिरको पासमा अफसाइड बिट ट्याप गर्दै गोल गर्न सफल भएका थिए ।
७३औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे । उनले स्टेफन समिरले दिएको लो क्रसमा दिपेन्क राज सिहंको कमजोर डिफेन्सको फाइनल उठाउँदै दर्शनले वान चटमा गोल गर्न सफल भएका थिए । ८५औं मिनेटमा रुप बहादुर लामाको फ्रिकिकलाई गोलरक्षक अजितले पञ्च गर्दै बचाउँदा जावलाखेल अग्रता कम गर्नबाट चुक्यो ।
जितसँगै एनआरटी ९ खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित जावलाखेल ९ खेलबाट ८ अंक जोडेर १०औं स्थानमा यथावत रहेको छ ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]