3 years ago
January 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको आइतबारको खेल स्थगित भएको छ ।
च्यासल युथ क्लबका १९ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएसँगै खेल स्थगित भएको लिग निर्देशक सन्जीव मिश्रले जानकारी गराए । अब यो स्थगित खेल १०औं चरण सुरु हुनुभन्दा अघि खेलाइने अखिल नेपाल फुटबल संघ (एन्फा) ले ले जनाएको छ ।
च्यासलले यसअघि प्रि म्याचमा पनि संक्रमणको आशंकामा केही खेलाडी प्रशिक्षणमा सहभागी नरहेको जनाएको थियो । तर अधिकांश खेलाडीमा संक्रमण देखिएसँगै खेल स्थगित भएको हो ।
यो सिजन पुलिस र च्यासलले निकै कमजोर प्रदर्शन गरिरहेका छन् । पुलिस ८ खेलबाट ७ अंक जोडेर ११औं स्थानमा तथा च्यासल ८ खेलबाट ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]