3 years ago
January 14, 2022
एजेन्सी – साविक विजेता एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । एट्लटिको म्याड्रिडलाई २–१ ले पराजित गर्दै बिल्वाओ लगातार दोस्रो सिजन उपाधि नजिक पुगेको हो ।
साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलमा बिल्वाओको जितमा यारे अल्भारेज र निको विलियम्सले गोल गरे । एट्लेटिकोले एक गोल उपहार पाएको थियो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै तीन गोल दोस्रो हाफमा सम्भव हुँदा बिल्वाओले सफलता हात पारेको हो । ६२औं मिनेटमा गोलरक्षक युनाई सिमोनको आत्मघाती गोलबाट एट्लेटिकोले सुरुवाती अग्रता लिन सफल भएको थियो । तर, एट्लेटिकोले उक्त अग्रतालाई जोगाउन सकेन ।
७७औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले इकर मुनिएनको पासमा गोल गरे । ८१औं मिनेटमा निको विलियम्सले ड्यानी गार्सियाको पासमा गोल गर्दै बिल्वाओलाई खेलमा २–१ को अग्रता दिलाए ।
त्यसपछि थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी हुन सफल भयो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिन पुगेको थियो । जोश जिमिनेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
अब बिल्वाओले उपाधिका लागि रियल म्याड्रिडको सामना गर्नेछ । रियलले बुधबार राति बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । फाइनल आइतबार राति हुनेछ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]