3 years ago
January 8, 2022
पोखरा (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत लिगको १ सयौं गोल दीनेश राजवंशीले गरेका छन् । पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युवा क्लबलाई ५-० ले पराजित गर्दा दीनेशले पनि गोल गरेका थिए ।
लिगको ५३ औं खेलमा १ सय गोलको आँकडा पार भएको हो । च्यासलविरुद्ध पहिलो हाफमा २-० ले अघि बढेको मनाङले दीनेशको गोलमा अग्रतालाई ३ गोल बनाएको थियो । दीनेशले लिगमा व्यक्तिगत तेस्रो गोल समेत गरेका हुन् । उनले ८६ औं मिनेटमा रुपेश केसीको कर्नरलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए ।
लिगमा पहिलो गोल संकटाका लक्ष्मण रुचालले हिमालयन शेर्पाविरुद्ध गरेका थिए । संकटाकै निरज बस्नेतले पुलिसमाथि १–० को जितमा गरेको गोल लिगको ५०औं गोल बनेको थियो । लिगमा कुल ५८ खेलाडीले गोल गरेका छन् ।
हालसम्म लिगमा दुई ह्याट्रिक भएको छ । सातदोबाटोको अजायी मार्टिन्सले नेपाल एपिएफ फुटबल क्लबविरुद्ध ४–१ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए । मनाङका ओलावालेले पनि आजकै खेलमा ह्याट्रिक पूरा गरेका थिए । सर्वाधिक गोलकर्ताको सुचीमा मछिन्द्रका सुनिल बल र मनाङका ओलावाले ५ गोलसहित संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् ।
लिगको सर्वाधिक गोलकर्ता र असिस्ट दिने खेलाडीको सुची यहाँ थिच्नुहोस
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]