3 years ago
January 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिगमा अपराजित रहेको संकटा क्लबका क्यामरुनी डिफेन्डर अर्नेस्ट टाम्पी गम्भीर घाइते भएका छन् । क्लबकै प्रशिक्षणका क्रममा चोट बोकेपछि उनी कम्तिमा ६ महिना मैदानबाहिर रहने भएका छन् ।
संकटाको भक्तपुर जिल्लामा अवस्थित प्रशिक्षण स्थलमा उनले सोमबार चोट बोकेका थिए । प्रशिक्षणका क्रममा टर्न गर्ने बेलामा उनको कुर्कुच्चाको माथिल्लो भागमा चोट लागेको हो । उनको दायाँ खुट्टाको फिबुलाको तल्लो भाग भाँचिएको छ । मंगलबार नै उनले मध्यपुर अस्पतालमा शल्यक्रिया गराएको प्रशिक्षक विष्णु गुरुङले जानकारी दिए ।
प्रशिक्षक गुरुङले टाम्पीको चोटले टोलीलाई कठिन हुने बताए । ‘उनको स्थानमा खेल्ने अन्य खेलाडी त छन् । तर उनको जस्तो प्रभाव हुने छैन । हामीले उनको कमी महसुस हुन नदिन अन्य खेलाडी प्रयोग गर्नेछौं, तर उनी उत्कृष्ट खेलाडी हुन् । स्थान पूर्ति गर्न सहज हुने छैन,’ गुरुङले थपे ।
टाम्पीले संकटाका लागि डिफेन्स र रक्षात्मक मिडफिल्ड दुवै भूमिकामा अवस्था अनुसार खेल्दै आएका छन् । रणनीतिक रुपमा निकै लचिलो रहेको गुरुङको संकटामा उनको अनुपस्थितिले टोलीलाई निकै असर गर्नेछ । टाम्पीले दुवै पोजिसनमा प्रभावशाली प्रदर्शन गर्ने क्षमता भएका कारण खेलको अवस्था अनुसार गुरुङले रणनीति परीवर्तन गर्दै आएका थिए ।
टाम्पीले संकटाका लागि सुरुवाती ६ खेलमा नै पूरा ९० मिनेट मैदानमा बिताएका थिए । उनले च्यासलविरुद्ध पछिल्लो खेल भने दोहोरो पहेंलो कार्डका कारण गुमाएका थिए । उनको अनुपस्थितिमा च्यासलको आक्रमणले संकटालाई निकै दबाब दिएको थियो ।
संकटाले टाम्पीको स्थानमा विदेशी कोटामा अर्का खेलाडी अनुबन्ध गर्ने तयारी गरिरहेको बताए । ‘नेपालमा नै खेलिसकेका खेलाडी सम्पर्क गरेका छौं । उनको कागजी प्रक्रिया गर्न केहि समय लाग्छ । अब अर्को खेलमा त सम्भव नहोला । त्यसपछिका लागि ल्याउने प्रयास गर्नेछौं,’ गुरुङले भने ।
संकटाले यसअघि डिफेन्डर दीपेन्द्र विकलाई पनि चोटका कारण गुमाएको थियो । दीपेन्द्रले लिगको सुरुवाती खेलमा नियमित खेलेपनि प्रशिक्षणका क्रममा चोट बोकेका थिए । उनी अर्को साताबाट प्रशिक्षणमा जोडिने प्रशिक्षक गुरुङले जानकारी दिए ।
संकटाले जारी लिगमा अपराजित यात्रा कायम राखेको छ । टोलीले ७ खेलमा ३ जित र ४ बराबरीको नतिजा निकालेको छ । यसक्रममा ९ गोल गर्दा टोलीले ४ गोल खाएको छ । ४ खेलमा टोलीले गोल खाएको छैन । संकटाले शुक्रबार हुने १ बजेको खेलमा सातदोबाटो युवा क्लबको सामना गर्दैछ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]