3 years ago
January 4, 2022
दिपक बोहोरा, पाँचथर
पाँचथर जिल्ला फुटबल संघको आयोजनामा जिल्ला फुटबल लिग बिहीबार सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार हुन लागेको लिगमा जिल्लाका ११ टोलीको सहभागिता रहने जिल्ला संघका अध्यक्ष सुजन नेम्बाङले जानकारी दिए । प्रतियोगिता मिक्लाजुङ गाउँपालिका ४ स्थित अमरदिप आधारभुत विद्यालयको खेल मैदानमा हुनेछ ।
जिल्ला लिगमा पाँचथर युनाइटेड क्लब (फिदिम १), सयपत्री युवा क्लब (यासोक),पाथिभरा स्र्पोटिङ क्लब (चोकमागु),टु स्टार क्लब इम्बुङ),राइजिङ स्टार क्लब (रबि),चोलुङ युवा क्लब (याङनाम), पल्लोटार युवा क्लब ( फिदिम २ पल्लोटार),.सुम्हात्लुङ युवा क्लब (फिदिम ४ गडी),रानिटार युनाइटेड (रानिटार),तिजोक युवा क्लब (नवमीडाँडा) ,फिदिम स्र्पोटिङ क्लब (फिदिम १) ले प्रतिस्पर्धा गर्ने बताइएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि राउन्ड रोविनका आधारमा खेलाइने बताइएको छ । जिल्ला लिगको विजेता प्रदेश स्तरको लिगका लागि छनोट हुनेछ ।
रेलिगेसन गर्ने कि नगर्ने मा विवाद
एन्फाले जिल्ला लिग गर्दा रेलिगेसन सहितको गर्नुपर्ने र क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्नका लागि नयाँ क्लबलाई मौका दिनुपर्ने उल्लेख गरिएको छ । तर बिहीबारदेखि सुरु हुने जिल्ला लिग रेलिगसेन सहित गर्ने वा विनाको गर्ने भन्नेमा संघमा विवाद भएको अध्यक्ष नेम्बाङले स्वीकारे ।
धेरै क्लब र संघका पदाधिकारीहरु रेलिगेसन गर्न नहुने पक्षमा रहेका छन् । संघका अध्यक्ष र केहि क्लबहरुबाहेक अधिकांश रेलिगेसन विनाको लिग गर्नुपर्नेमा जोड दिइरहेको संघ निकट श्रोतले जानकारी दिए । जिल्ला फुटबल संघको निर्वाचन नजिकिदै गर्दा रेलिगेसन सहितको लिग गर्न उपयुक्त नहुने तर्क गर्ने पदाधिकारी पनि रहेको बताइएको छ । तर अध्यक्ष नेम्बाङ भने पुछारमा भएका दुईवटा क्लबलाई रेलिगेसनमा पर्ने र बी डिभिजनमा घटुवा भई नयाँ क्बलले जिल्ला लिग खेल्ने अवसर पाउनु पर्ने पक्षमा आफु रहेको बताउछन् ।
क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको विजेता जिल्ला लिगमा छनोट हुने र लिगको पुछारमा रहेको टिम घटुवा गर्दा नयाँ टिमहरुले पनि लिगमा अवसर पाउनेछ । तर रेलिगेसनसहित नगर्दा लिग गर्नु र नगर्नुको कुनै अर्थ नरहेको नेम्बाङ बताउछन् । कार्य समितिमा आफु अल्पमतमा रहेकाले निणर्य गराउन नसकेको उनले बताए ।
यस पटकको जिल्ला लिग रेलिगेसन विना हुने सम्भावना रहेको जिल्ला फुटबल संघ पाँचथरका उपाध्यक्ष शिव लावतीले बताए । एन्फाको परिपत्र पनि ढिला आयो, अहिले समय पनि कम भएकाले क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न जिल्ला फुटबल संघले नसक्ने भएकाले अब रेलिगेसन विनाकै लिग हुने सम्भावना छ । विना रेलिगेसनको लिग भएको खण्डमा लिग नकआउटबाट लिगमा पुग्न चहाने क्लबका लागि भने फेरि पर्खनुपर्ने भएको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]