8 years ago
November 24, 2016
हाम्रो खेलकुद – सुरुंगा गोल्ड कपको दोश्रो सेमिफाइनल अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्श्याँग्दी क्लब रुपन्देही एघारसंग टाइब्रेकरमा ४-३ले पराजित भएको छ।
तस्बिर – सुरेन दाहाल
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टीमा रुपन्देहीका विजय धिमालले गोल गर्न सकेनन भने मनाङको लागि सुजल श्रेष्ठ र निराजन मल्ल गोल गर्न असफल रहे। खेलको म्यान अफ द म्याच राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर बिक्रम लामा भए। सेमीफाइनल खेलको लागिनै बिक्रम लामा र बिमल घर्ति मगर आज झापा पुगेका थिए।
जितसंगै रुपन्देहीले शनिबार हुने फाइनलमा एपीएफको सामना गर्नेछ। हिजो भएको अर्को सेमीफाइनल खेलमा एपीएफले पेनाल्टीमा पुलिसलाई पन्छाएको थियो।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]