3 years ago
January 4, 2022
एजेन्सी – लन्डन क्लब चेल्सीले आफ्ना ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भाको सम्झौता नविकरण गरेको छ । चेल्सीले सिल्भासँगको सम्झौता एक वर्ष नविकरण गरेको हो ।
नयाँ सम्झौता अनुसार ३७ वर्षीय सिल्भा सन् २०२३ को समरसम्म चेल्सीमा रहनेछ । चेल्सीले सिल्भालाई सन् २०२०–२१ को सिजनमा दुई वर्षको लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट अनुबन्ध गरेको थियो ।
उनको सम्झौता २०२२ को समरसम्म रहेपनि चेल्सीले सिल्भाको सम्झौता अवधि बाँकी रहँदै सम्झौता नविकरण गरेको हो । चेल्सीले सिल्भालाई च्याम्पियन्स लिग जिताउन भुमिका निर्वाह गरेपनि उनको सम्झौता नविकरण गर्न राजी भएको हो ।
यो सिजन सिल्भाले चेल्सीका लागि २१ खेल खेल्दा २ गोल गरेका छन् । चेल्सीको प्रमुख कार्यकारी अधिकृत मारिना ग्रानोभस्कियाले पिचमा र पिच बाहिर उनको सकरात्मक प्रभावको विशेष प्रशंसा गर्दै उनको सम्झौता नविकरण गरिएको र यसलाई उनले आगमी दिनमा पनि कायम राख्नेमा विश्वस्त रहेको बताएकी छिन् ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]