3 years ago
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीबाट घाइते भएका नवयुग श्रेष्ठ र इन्डोनेसियामा रहेका रोहित चन्दबाहेक २१ खेलाडीसहित थप १३ खेलाडी टोलीमा राखेका छन् । जसमा ७ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा परेका छन् । ५ खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने अवसर पाउँदा दिनेश हेन्जन पुन: एकपटक प्रारम्भिक टोलीमा समेटिएका छन् ।
प्रशिक्षक अलमुताइरीले अंक तालिकाको शीर्ष स्थानमा रहँदै एएफसी कपको लागि छनोट भएको मछिन्द्र क्लबबाट सर्वाधिक ७ खेलाडी टोलीमा राखेका छन् । यस्तै मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीबाट ४-४ खेलाडी रहँदा एनआरटीका पनि ४ खेलाडी नै टोलीमा छन् ।
सातदोबाटोका तीन खेलाडीले पहिलो पटक टोलीमा स्थान बनाउँदा पुलिसबाट पनि ३ खेलाडी नै प्रशिक्षणमा सामेल हुनेछन् । थ्री स्टार, हिमालयन शेर्पा र जावलाखेलका २-२ खेलाडी टोलीमा छन् । संकटा र एपिएफका १-१ खेलाडी छन् । पुछारका तीन स्थानमा रहेका बिबिसी, च्यासल र फ्रेन्ड्सका कुनै खेलाडी टोलीमा परेका छैनन् ।
माघको १५ र १८ गते नेपाल र मोरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ । प्रशिक्षण पुस ३० गतेबाट सुरु गर्ने तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
प्रशिक्षण सुरु हुँदा कतार एअरवेज सहिद स्मारक ए डिभिजिन लिगको नवौं चरण सञ्चालन भइरहेको हुन्छ । राष्ट्रिय टोलीमा बोलाइने खेलाडीको लिगमा आफ्नो क्लबको सकिएपछि प्रशिक्षणमा सामेल हुने बताइएको छ । राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि केहि दिन अघि नेपाल आइसकेका छन् ।
नेपाल फर्केपछि अलमुताइरीले नियमित रुपमा लिग हेरिरहेका छन् । लिगकै प्रदर्शनका आधारमा खेलाडीहरुलाई प्रशिक्षणमा डाकिने बताइएको छ । केहि नयाँ खेलाडीले पनि प्रशिक्षणमा मौका पाउने सम्भावना छ । फिफा डेटमा हुने मैत्रीपूर्ण खेल फिफा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन् । यसपटक माघ १० देखि १८ गते सम्म फिफा डेट रहेको छ ।
कुन क्लबका कति खेलाडीबारे विस्तृत विवरण :
मछिन्द्र – ७ : विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, विमल घर्तीमगर, मनिष डाँगी,
मनाङ मर्स्याङ्दी – ४ : दीनेश राजवंशी, नितिन थापा, पुजन उपरकोटी, अन्जन विष्ट
संकटा – १ : सुभाष गुरुङ
आर्मी – ४ : सुमन अर्याल, गौतम श्रेष्ठ, दिनेश हेन्जन, सन्तोष तामाङ,
हिमालयन शेर्पा – २ : दीप कार्की, कमल थापा
थ्री स्टार -२ : अनन्त तामाङ, आयुष घलान
न्यु रोड टिम – ४ : नविन गुरुङ, एरिक विष्ट, कृतिश रत्न छुन्जु, दर्शन गुरुङ
सातदोबाटो – ३ : आकाश बुढा मगर, सुदीप गुरुङ, सुशील राई
जावलाखेल – २ : टिकेन्द्र थापा, सुरज जिउ ठकुरी
एपिएफ – १ : आशिष लामा
पुलिस – ३ : शत्रुघन चौधरी, तेज तामाङ, सुमन लामा
बिबिसी, च्यासल र फ्रेन्ड्स : शून्य
यो पनि पढ्नुहोस :
December 19, 2024
एजेन्सी – आर्सनल, न्युकासल युनाइटेड र लिभरपुलले इङ्ग्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधवार भएको खेलमा आ-आफ्नो खेल जित्तै तिन टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकको सहयोगमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]