3 years ago
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अफ्रिकी राष्ट्र मौरिसिएसविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरे । टोलीमा ५ खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डर सुभाष गुरुङ र फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने बाटो खुलेको छ । चोटका कारण देवेन्द्र र विमल लामो समयदेखि राष्ट्रिय टोलीबाहिर रहेका थिए । मिडफिल्डर एरिक विष्ट पनि चोटका कारण साफ च्याम्पियनसिप गुमाएपछि टोलीमा फर्केका छन् । यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका दर्शन गुरुङ प्रारम्भिक टोलीमा रहँदा डेब्यु गर्न बाँकी दिनेश हेन्जन पनि ३४ सदस्यीय टोलीमा छन् ।
विमल चोटका कारण पछिल्लो समय टोलीमा रहेका थिएनन् । उनले पछिल्लो पटक सन् २०१९ जुलाईमा म्यानमारविरुद्ध भएको मैत्रीपूर्ण खेलमा खेलेका थिए । स्विडिस प्रशिक्षक योहान कालिन टोलीमा रहँदा उनी अनुशासन कारवाहीका कारण टोलीबाट बाहिर रहेका थिए । पछि बालगोपाल महर्जनले उनलाई टोलीमा फिर्ता बोलाएपनि प्रशिक्षणका क्रममा उनी घाइते हुन पुगेका थिए । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विमललाई पहिलो पटक टोलीमा बोलाएका हुन् ।
त्यस्तै डिफेन्डर देवेन्द्र तामाङ पनि चोटका कारण पछिल्लो दुई वर्षयता टोलीमा छैनन् । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध सन् २०१९ नोभेम्बरमा खेलेपछि उनी टोलीबाट बाहिर रहेका छन् । जारी लिगमा उच्च प्रदर्शन गर्दै आएका देवेन्द्र नै टोलीको डिफेन्स सम्हाल्ने सम्भावना छ । उनले चोट लाग्नुअघि लगातार पहिलो रोजाइमा खेल्दै आएका थिए ।
मिडफिल्डर एरिक विष्ट साफ च्याम्पियनसिपको तयारीका लागि प्रशिक्षणका दौरान घाइते भएपछि टोलीमा परेका थिएनन् । सुभाष गुरुङ भने अलमुताइरी आएपछि पहिलोपटक टोलीमा परेका हुन् । एनएसएल अक्सनमा नबिकेको कारण प्रशिक्षक अलमुताइरीले उनको खेल हेर्न नपाउँदा उनी प्रारम्भिक टोलीमा पर्न सकेका थिएनन् । दर्शन भने प्रारम्भिक टोलीमा परेर पनि बाहिर रहेका थिए ।
प्रशिक्षक अलमुताइरीले गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप गुरुङ तथा फरवार्ड सुशील राई टोलीमा पहिलो पटक परेका छन् । टोलीमा ५ गोलरक्षक, ६ डिफेन्डर, १६ मिडफिल्डर तथा ७ फरवार्ड रहेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित चन्द भने प्रारम्भिक टोलीमा रहेका छैनन् । साफ च्याम्पियनसिप खेलेको टोलीबाट घाइते भएका नवयुग श्रेष्ठ टोलीमा छैनन् ।
३४ सदस्यीय प्रारम्भिक टोली:
गोलरक्षक : विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, शत्रुघन चौधरी, टिकेन्द्र थापा
डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, नविन गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आयुष घलान, आकाश बुढा मगर, एरिक विष्ट, दिनेश हेन्जन, कमल थापा, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई
फरवार्ड : आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल, सुशील राई
पुनरागमन गर्ने खेलाडीहरु :
देवेन्द्र तामाङको जारी लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस्
सुभाष गुरुङको जारी लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस्
विमल घर्तीमगरको जारी लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस्
एरिक विष्टको जारी लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस्
दर्शन गुरुङ को जारी लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस्
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]