8 years ago
November 24, 2016
लन्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह चरणमा आर्सनल र पेरिस सेन्ट जर्मनी (पिएसजी)ले २–२ बराबरी खेलेका छन् भने अर्को समूहमा पाँच पटकको विजेता रहि सकेको बायर्न म्युनिख एफसी रोस्तोभसँग ३–२ ले स्तब्ध भएको छ ।
बराबरीपछि समूह एबाट आर्सनल र पिएसजी दुवै नकआउछ चरणमा प्रवेश गरेका छन् । ५ खेलबाट समान ११ अंक भएपनि पिएसजी शीर्षस्थानमा र आर्सनल दोस्रो स्थानमा छ । इन्डिन्सन काभानीको गोलमा फ्रेन्च क्लबले १८ औं मिनेटमा अग्रता लिएको थियो भने आर्सलनका पहिलो हाफको इन्जुरी समयमा ओभिर जिर्राउडले पेनाल्टी गोलमार्फत खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुवै टोलीका खेलाडीले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगियो । मार्को भेराटीले ६० औं मिनेटमा आत्मघाती गोल गर्दा आर्सनलले अग्रता लियो भने ७७ मिनेटमा एलक्स इयोबीले आत्मघाती गोल गर्दा पुनः खेल बराबरीमा पुगेको थियो । समूह एकै अर्को खेलमा लुडोगोरेट्स राजागार्ड र बासेलले गोलरहित बराबरी खेलेका थिए ।
समूह डीमा रोस्तोभ बायर्नलार्य हराउने पहिलो रुसी क्लब बनेको छ । ६७ औं मिनेटमा क्रिस्टियन नोबाअले गरेको गोलमा रोस्तोभ विजयीभ एको थियो । बार्यनले ३५ औं मिनेटमा डग्लस कोस्टाको गोलबाट लिएको अग्रता जोगाउन सकेन । ४४ औं मिनेटमा सेरडार अजमोनले बराबरी गोल फर्काए । ५० औं मिनेटमा डिमिट्री पोलोजको गोलबाट रोस्तोभले अग्रता बनायो भने ५२ औं मिनेटमा बायर्नका हुवान बेर्नाटले बराबरी गोल फर्काए । समूह डीको अर्को गोलमा एट्लेटिको मड्रिडले पिएसभी आइन्डहोभनलाई २–० ले हराएपछि बायर्न नकआउट चरणमा प्रवेश गरेको छ । एट्लेटिको १५ अंकसहित समूहको विजेता र ९ अंक जोडेको बायर्न उपविजेताका अघि बढ्को हुन् ।
समूह बीमा बेसिकटास र बेन्फिकाले ३–३ को बराबरी र नापोली र डाइनोमो किभले गोलरहित बराबरी खेले । समूहको अन्तिम खेल बाकी रहँदा नापोली र बेनफिकाको समान ८ अंक छ भने बेसिकटासको ७ र किभको २ अंक छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]