3 years ago
December 31, 2021
लमजुङ (हाम्रो खेलकुद) – साविक विजेता श्री भगवथी युवा क्लब टोखा काठमाडौं र लाली गुराँस युवा क्लब लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
लमजुङ सदरमुकाम बेंसीशहरस्थित सहजी खेल मैदानमा शुक्रबार भएको प्रि–क्वाटरफाइनलमा श्री भगवतीले श्री जंग गणलाई ८–७ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । ट्राइब्रेकरमा श्री भगवतीका उर्केन शेर्पा, साहिल केसी, अर्मान विन डोउम र योगेश लिम्बुले गोल गर्दा सागर स्याङ्तान गोल गर्न सकेनन् ।
श्री जंगका सतिस राज धामी, हेमराज थानी, भुपेन्द्र जंग रायमाझी र चेतन केसीले गोल गर्दा लक्ष्मण दुराले गोल गर्न सकेनन् । त्यसपछि सडन डेथमा श्री भगवतीका असनल खड्का, उत्तम शाही, अनिष श्रेष्ठ र जिनाहुआ मोइसले गोल गरे ।
श्री जंगका भीम विक, दोर्जे तामाङ विनय महतले गोल गर्दा गोपाल शाक्य चुके । त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्राईब्रेकरमा लम्विएको थियो । खेलको तेस्रो मिनेटमा श्री जंगका सुवास लामा बोम्जनले गोल गरेका थिए । श्री भगवतीका जिनाहुआ मोइसले ७०औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
अर्काे खेलमा लाली गुराँस युव क्लबले लमजुङ मस्र्याङ्दी युवा क्लबलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । लाली गुराँसका सुमित श्रेष्ठ, घनश्याम तामाङ, क्षितिज जिटी, विश्व थापा र प्रयास तामाङले गोल गर्दा लमजुङका जाहाँ, म्याक्सवेल, उमेश थापाले गोल गर्दा अजय चौधरीले गोल गर्न सकेनन् ।
अर्काे खेलमा समाज कल्याणले न्यु आदर्श क्लबलाई २–० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । समाज कल्याणको जितमा याओ कुआएसीले खेलको पहिलो मिनेटमा तथा एलेन फुइन्टेसले १६औं मिनेटमा गोल गरे ।
प्रतियोगितामा लमजुङ, काठमाडौ, पोखरा, चितवन, तनहुँलगायत जिल्लाबाट गरी १८ टिमको सहभागिता रहेको छ । त्रिवेणी रंगशालामा १ हजार २ सय जना दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको छ । प्याराफिटमा बसेर खेल अवलोकन गनए ५० रुपैयाँ शुल्क लिने आयोजकले जनाएको छ । कोरोना संक्रमण जोखिमका कारण गतबर्ष त्रिवेणी कप स्थगित भएको थियो ।
यसबर्षको त्रिवेणी कपको विजेताले ५ लाख, त्रिवेणी कप र स्वर्ण पदक प्राप्त गर्नेछ । उपविजेताले ३ लाख र रजत पदक पाउनेछ । सेमिफाइनल पराजित हुने दुई टोलीले समान ५०–५० रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी कप २० पुससम्म सञ्चालन हुनेछ ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]