default_image

3 years ago

December 31, 2021

पहिलो हाफमा आर्मी र एपिएफको बराबरी

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले बल पोसेसनमा पकड बनाउँदै एपिएफलाई दवावमा राखेपनि गोल नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । खेलको दोस्रो मिनेटमा नविन लामाको फ्रिकिकलाई गोलरक्षक विकेश कुथुले सहजै बचाए ।

पाचौ मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्स बाहिरको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले दोस्रो प्रयासमा नियन्त्रणामा लिदा आर्मी अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा कप्तान भरत खवासको पेनाल्टी बक्स बाहिरको प्रहारलाई गोलरक्षक युयाले पञ्च गर्दै बचाए ।

१३औं मिनेटमा जगजित श्रेष्ठको क्रस पासमा जर्जप्रिन्स कार्कीले नियन्त्रणा लिदै गरेको प्रहारलाई सविन थापाले क्लियर गर्दै एपिएफको संकट टारे । २०औं मिनेटमा जगजित श्रेष्ठको कर्नरका जर्जप्रिन्स कार्कीको डाइभिङ हेडर दोस्रो बार च्याप्दै बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो ।
३८औं मिनेटमा आशिष लामाको वान भर्सेस वानको प्रहार गोलरक्षक विकेशलाई लाग्दै पोस्टतर्फ असघ बढ्दा युद्ध शाहीले बचाए ।

January 18, 2025

एन्फा महिला लिग – बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

Success

Thank you for your time.