3 years ago
December 29, 2021
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले पेनाल्टीमा गोल गरेपछि टोटेनहम हटस्पर घरेलु टोली साउथह्याम्टनसँगको हारबाट जोगिएको छ । टोटेनहमले १० खेलाडीमा समेटिएको घरेलु टोलीसँग १–१ गोलको बराबरी खेलेको हो ।
सेन्ट मेरी स्टेडियममा मंगलबार राति भएको खेलको २५औं मिनेटमा कप्तान जेम्स वार्ड प्रोजको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । सलिसुको लामो थ्रु बललाई जेम्सले नियन्त्रणमा लिदै उत्कृष्ट फिनिस गरेका थिए । २९औं मिनेटमा ह्यारी केनको फ्रिकिकलाई साउथह्याम्टनका गोलरक्षक फ्रोर्सटरले बचाए ।
३९औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । ह्युङ मिन सनलाई पेनाल्टी बक्समा फउल गरेपछि मोहम्मेद सलिसु दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसमै प्राप्त पेनाल्टीमा केनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५३औं मिनेटमा केनले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता नपाउँदा टोटेनहम अग्रता लिनबाट चुक्यो । गोलको मुभमा पास दिने ह्यारी विङ्स अफसाइड पोजिसनमा देखिएको थियो । ६७औं मिनेटमा म्याट दोहर्थीले गोल गरेपनि उनको गोलले पनि मान्यता पाएन ।
त्यसपछि पनि टोटेनहमले लगातार आक्रमण बुनेपनि गोल गर्न नसक्दा टोटेनहम बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीसँगै टोटेनहम १७ खेलबाट ३० अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ । साउथह्याम्टन २१ अंंक जोडर १३औं स्थानमा छ ।
अर्काे खेलमा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डमासथ ४–१ को पूनरागमन जित निकालेको छ । वेस्टह्यामको जितमा टोमस सौसेक, सेड बेनरमा, मार्क नोवल र निकोला भ्लासिकले गोल गरे । इमानुयल डेनिसले एक गोल गरे ।
यस्तै अर्काे खेलमा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३–० ले पराजित गरेको छ । क्रिस्टल प्यालेसको जितमा ओडसोने इडुआर्ड, जिन फिलिपे माटिटा र जेफ्रे स्कलपले गोल गरे ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]