default_image

3 years ago

December 28, 2021

आयोजक त्रिवेणी र कालिका क्वाटरफाइनलमा

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युवा क्लब र कालिका स्पोर्ट्स एकेडेमी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

लमजुङ सदरमुकाम बेंसीशहरस्थित सहजी खेल मैदानमा मंगलबार भएको प्रि–क्वाटरफाइनलमा भिमाद युथ क्लब तनहुँलाई २–० ले पराजित गर्दै त्रिवेणीले अन्तिम आठमा स्थान पक्का गरेको हो । आयोजकको जितमा सेरव तामाङ र आशिक गुरुङले गोल गरे । सेरवले दोस्रो मिनेटमा तथा आशिकले ७०औं मिनेटमा गोल गरेका थिए ।

कालिका स्पोर्ट्स एकेडेमीले ब्रिटिस गोर्खालाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । कालिकाको जितमा विदेशी खेलाडी जाहाँ ग्लोरीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५४औं मिनेटमा गोल गरेका थिए ।

दिनको तेस्रो खेलमा एमसीटीले सामना युवा क्लबलाई ट्राइब्रेकरमा ३–० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । ट्राइब्रेकरमा एमसीटीका दिवस छन्त्याल, याक्कु मगर र सुदिप केसीले गोल गर्दा भोजराज मगरले गोल गर्न सकेनन् ।

सामनाका मिन गुरुङ, अजय श्रेष्ठ र सन्जल श्रेष्ठ तीनैजनाले गोल गर्न सकेनन् । त्यसअघि निर्धारित समयको खेलमा सामनाले सन्जय श्रेष्ठको गोलबाट खेलको ५०औं मिनेटमा गोल गरेका थिए । ६५औं मिनेटमा लक्ष्मण शाहीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

प्रतियोगितामा बुधबार तीन खेलमा प्रतिस्पर्धा हुने आयोजक त्रिवेणी क्लबले जनाएको छ । प्रतियोगितामा लमजुङ, काठमाडौ, पोखरा, चितवन, तनहुँलगायत जिल्लाबाट गरी १८ टिमको सहभागिता रहेको छ । त्रिवेणी कपको तेस्रो देखि सातौ दिनसम्म दुई खेल हुनेछ । आठौं दिन फाइनल हुनेछ ।

त्रिवेणी रंगशालामा १ हजार २ सय जना दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको छ । प्याराफिटमा बसेर खेल अवलोकन गनए ५० रुपैयाँ शुल्क लिने आयोजकले जनाएको छ । कोरोना संक्रमण जोखिमका कारण गतबर्ष त्रिवेणी कप स्थगित भएको थियो ।

यसबर्षको त्रिवेणी कपको विजेताले ५ लाख, त्रिवेणी कप र स्वर्ण पदक प्राप्त गर्नेछ । उपविजेताले ३ लाख र रजत पदक पाउनेछ । सेमिफाइनल पराजित हुने दुई टोलीले समान ५०–५० रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी कप २० पुससम्म सञ्चालन हुनेछ ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.