3 years ago
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी मंगलबार नेपाल आइपुगेका छन् । पछिल्लो सम्झौता प्रारम्भ हुन केहि दिन बाँकी रहँदा उनी नेपाल फर्केका हुन् । झण्डै दुई महिना देखि उनी नेपाल बाहिर थिए । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पबुदु दसानायके पनि मंगलबार नै नेपाल आइपुगेका थिए ।
असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि उनी टोलीसँग नफर्की कतार गएका थिए । कतारमै रहँदा सन् २०२२ जनवरी १ देखि २०२४ सम्म नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने गरि उनले सम्झौता गरेका थिए । कतार फुटबल संघको सहयोगमा उनी नेपाल आएका हुन् ।
नयाँ सम्झौतापछि कात्तिकमा नेपाल आएर उनी पुनः कतार फर्केका थिए । कात्तिक १६ गते पत्रकार सम्मेलनमा अलमुताइरीले विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको बताएका थिए ।
अलमुताइरीले आफुले तीन चरणमा काम गर्ने भन्दै त्यसको योजना सार्वजनिक गरेका थिए । पहिलो चरणमा एसिया कप छनोट रहेको छ । जस अन्तर्गत राष्ट्रिय टिमको प्रशिक्षण र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका छन् ।
उनले ‘ए’ डिभिजन लिग, नेपाल सुपर लिगको बाट खेलाडी छनोट गरिने बताएका थिए । अलमुताइरीको प्रशिक्षणमा नेपालले अहिले सम्म ११ खेल खेल्दा ३ जित, २ बराबरी र ६ हारको नतिजा निकालेको छ । अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको थियो ।
अर्को महिना फिफा डेटमा नेपालले मैत्रीपूर्ण खेल खेल्ने र त्यसका लागि अलमुताइरीले केहि दिनमा प्रशिक्षण सुरु गर्ने एन्फाका केन्द्रिय सदस्य एवंम् राष्ट्रिय टोलीका प्रशिक्षक मधुसुदन उपाध्यायले जानकारी दिए ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]