8 years ago
November 23, 2016
हाम्रो खेलकुद – क्रिस्टियानो रोनाल्डोको जन्मथलो लिस्बनस्थित भएको च्याम्पियन्स लिगको खेलमा रियल म्याड्रिडले स्पोर्टिङ लिस्बनलाइ २-१ले पराजित गरेको छ।
म्याड्रिडको लागि राफेल भारानले २९औं मिनेटमा गोल गर्दै अग्रता दीलाएका थिए। ६४औं मिनेटमा जोओ परेराले रेड कार्ड खाएपछि लिस्बन दश खेलाडीमा सिमित भएको थियो। ८०औं मिनेटमा एड्रीएन सिल्भाले पेनाल्टीबाट गोल गर्दै लिस्बनलाई बराबरीमा ल्याएका थिए। तर करिम बेन्जेमाले ८७औं मिनेटमा पुन: म्याड्रिडलाइ अग्रता दिलाएपछि जित सम्भव भएको थियो।
जितसंगै म्याड्रिड ११ अंक जोड्दै समूह तालिकाको दोश्रो स्थानमा अडिग छ भने डर्टमण्ड १३ अंक लिएर शिर्ष स्थानमा छ।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]