default_image

3 years ago

December 27, 2021

लमजुङमा त्रिवेणी कप फुटबल सुरु

188 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – जिल्लाकै सर्वाधिक पुरस्कार राशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको सोमबारदेखि शुरु भएको छ ।

लमजुङको सदरमुकाम बेंसीशहरस्थित सहजी खेल मैदान हुने त्रिवेणी कपको सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, संविधान सभा सदस्य तथा पुर्व सांसद जमिन्द्रमान घलेले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

सोमबारको मैत्रीपूर्ण खेलमा आयोजक त्रिवेणी युवा क्लवले नेपाली सेनाको श्रीजङ गणलाई ४–० ले पराजित गरेको छ । खेलहरु मंगलबारदेखि शुरु हुनेछ ।

प्रतियोगितामा लमजुङ, काठमाडौ, पोखरा, चितवन, तनहुँलगायत जिल्लाबाट गरी १८ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराए । त्रिवेणी कपको पहिलो र दोस्रो दिन समान तीन खेल हुनेछ । तेस्रो देखि सातौ दिनसम्म दुई खेल हुनेछ । आठौं दिन फाइनल हुनेछ ।

त्रिवेणी रंगशालामा १ हजार २ सय जना दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको छ । प्याराफिटमा बसेर खेल अवलोकन गनए ५० रुपैयाँ शुल्क लिने आयोजकले जनाएको छ । कोरोना संक्रमण जोखिमका कारण गतबर्ष त्रिवेणी कप स्थगित भएको थियो ।

यसबर्षको त्रिवेणी कपको विजेताले ५ लाख, त्रिवेणी कप र स्वर्ण पदक प्राप्त गर्नेछ । उपविजेताले ३ लाख र रजत पदक पाउनेछ । सेमिफाइनल पराजित हुने दुई टोलीले समान ५०–५० रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी कप २० पुससम्म सञ्चालन हुनेछ ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.