3 years ago
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमै उत्तम राईले दुई तथा लक्ष्मण रुचालले एक गोल गरेपछि संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि सहज जित निकालेको छ । संकटाले बिबिसीलाई ३–० ले पराजित गरेको हो ।
संकटाको जितमा पहिलो हाफको तीन गोल नै पर्याप्प बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलको १२औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । जोर्डन जुनियर ओओनाको क्रसमा अनमार्क रहेका शक्तिले हेडमार्फत गोल गर्दा बिबिसीका गोलरक्षक पुर्ण चेम्जोङले रोक्ने कुनै मौका पाएन ।
२८औं मिनेटमा उत्तम राईले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । फोडे फोफानाको क्रसलाई रमेश कुमार राजवंशीले क्लियर गर्न नसकेको बललाई शक्तिले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।
३८औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई ३–० ले अघि बढाए । रन्दिप पौडेलले क्लियर गरेको क्लियरेन्स कमजोर बन्दा लक्ष्मणले गोलरक्षक अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल निस्कन नसक्दा संकटा विजयी हुन सफल भयो ।
जितसँगै संकटा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटाले एक खेल कम खेलेको आर्मीलाई ३ अंकले पछि पारेको हो । पराजित बिबिसी ६ खेलबाट ५ अंक जोडेर ११औं स्थानमा झरेको छ । समान ५ अंक नै रहेपनि बिबिसी एपिएफसँग पछि परेको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]