default_image

3 years ago

December 26, 2021

बिबिसीविरुद्ध संकटालाई ३–० को अग्रता

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उत्तम राईले दुई तथा लक्ष्मण रुचालले एक गोल गरेपछि संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलको १२औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । जोर्डन जुनियर ओओनाको क्रसमा अनमार्क रहेका शक्तिले हेडमार्फत गोल गर्दा बिबिसीका गोलरक्षक पुर्ण चेम्जोङले रोक्ने कुनै मौका पाएन ।

२८औं मिनेटमा उत्तम राईले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । फोडे फोफानाको क्रसलाई रमेश कुमार राजवंशीले क्लियर गर्न नसकेको बललाई शक्तिले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।

३८औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई ३–० ले अघि बढाए । रन्दिप पौडेलले क्लियर गरेको क्लियरेन्स कमजोर बन्दा लक्ष्मणले गोलरक्षक अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गरेका थिए ।

January 18, 2025

एन्फा महिला लिग – बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

Success

Thank you for your time.