default_image

3 years ago

December 26, 2021

जेरार्डले दुई खेल गुमाउने

185 views

0 Bookmark

एजेन्सी – एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभन जेरार्डले प्रिमियर लिगका दुई खेल गुमाउने भएका छन् । कोरोना संक्रमणका कारण उनी दुई खेलमा टचलाइन बाहिर रहने भएका हुन् ।

कोरोनासँगै जेरार्ड बक्सिङ डेमा घरेलु मैदानमा हुने चेल्सी र लिड्स युनाइटेडविरुद्धको खेलमा टचलाईन बाहिर रहनेछन् । क्लबले विज्ञप्ति जारी गर्दै आफ्नो टोलीको मख्य प्रशिक्षक जेरार्डलाई कोरोना संक्रमण पुष्टि भएको र उनले दुई खेल गुमाउने उल्लेख गरेको छ ।

उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् । कम्तीमा पनि उनी १० दिन आइसोलेसनमा बस्नुपर्नेछ । कोरोनाका कारण बक्सिङ डेका तीन खेल प्रभावित भएका छन् । तर, भिल्लाले घरेलु मैदानमा चेल्सीको आतिथ्यता गर्दैछ । लिभरपुल र लिड्स, वल्भ्स र वाट्फोर्ड तथा बर्नले र एभर्टनबीचको खेल स्थगित भइसकेको छ ।

जेरार्डको प्रशिक्षणमा भिल्लाले ६ खेल खेल्दा चार खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । भिल्लाले म्याचेस्टर सिटी र लिभरपुलसँगको खेल गुमाएको थियो । लगातारको खराव नतिजापछि लिभरपुलले राल्फ हासेनहुटलाई बर्खास्त गर्दै जेरार्डलाई गत नोभेम्वरमा मुख्य प्रशिक्ष्कमा नियुक्त गरेको थियो ।

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

Success

Thank you for your time.