3 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् ।
त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिजर्न गरेपनि सदुपयोग हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
खेलको तेस्रो मिनेटमा एडिलाजा सोमिडेको ओभरहेड किक पोस्ट नजिकैबाट बाहिरियो । १५औं मिनेटमा कप्तान अन्जन विष्टको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा विशाल राईको फ्रिकिकमा ओमोलाजा नुरेन करिमको प्रहार सदुपायेग हुन नसक्दा मछिन्द्रले अग्रता लिन सकेन ।
३९औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुवर्ण मौका गुमाउँदा मछिन्द्र अग्रता लिनबाट चुसक्यो । डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नुर्लानले गरेको प्रहार दोस्रो बार च्याप्दै पोस्टबाट थोरै बाहिरिएको थियो ।
आजको खेल दुवै टोलीलाई अंक तालिकाको शीर्षस्थान सँगै एएफसी कप छनोटको लागि पनि उत्तिकै महत्वपूर्ण छ । सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने हुनाले पनि यो खेलको महत्व बढेको छ ।
हाल मनाङ ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै मछिन्द्रको ५ खेलमा ११ अंक छ । आज जित हासिल गर्ने टोलीले एएफसी कप छनोट खेल्न बलियो दाबेदारी प्रस्तुत हुनेछ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]