default_image

8 years ago

November 22, 2016

नेपाली फुटबल विकासका लागि अब केही सोच्ने की ?

95 views

0 Bookmark

dipak-boharaदिपक बोहोरा
पाँचथर– यो बर्ष नेपाली फुटबलको लागि निकै फलदायिक रह्यो । चाहे मैदान भित्र होस या मैदान बाहिर नेपाली फुटबलको चर्चा ब्यापक रुपमा भयो । नेपाली फुटबलमा एकातिर दुई दशक सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) हाकेका अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा परे र फिफाले दशक लामो प्रतिबन्ध लगायो । अर्कोतर्फ खेलमितेमतोको आरोपमा नेपाली फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडी आजीवन प्रतिबन्धमा परे । यी मैदान बाहिरका बिषय भए ।

मैदान भित्र खेलमितेमतोको ह्याङओभर नसकिदै सन् २०१६ को जनवरीमा बंगलादेशमा बंगबन्धु गोल्डकपको उपाधि नेपाली राष्ट्रिय टोलीले जित्यो । नेपालले फेब्रुअरीमा भारतको गुहाटीमा भएको दक्षिण एसियाली खेलकुद (साग) को यू–२३ को स्वर्ण पदक जित्यो । सिलसिला यतिमा रोकिएन, केहि दिन अगाडी एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको सोलिडारिटी कपको उपाधि जितेर नेपालले उपाधिमा ह्याट्रिक गरेको छ । गत बर्ष भदौमा सातदोबाटोमा भएको साफ यू–१९ को लाई पनि जोड्ने हो भने पछिल्लो १५ महिना को अबधिमा नेपालले अलग अलग ४ वटा उपाधि जितेको छ । क्षेत्रिय स्तरको उमेर समूहको दुई, अन्तर्राष्ट्रिय आमन्त्रण र दक्षिण एसिया भन्दा माथिल्लो स्तरमा गएर एएफसीले आयोजना गर्ने प्रतियोगिता पहिलो पटक जित्नु सामान्य सफल होइन । आउने दिनमा १५ महिना भित्रै यति सफलता नेपालले पाउने सम्भावना कमै रहन्छ ।

solidarity-cup-winning-nepal-natioanl-team

गणेश थापाको पतन र खेलमिलेमतोको प्रकरणपछि नेपाली फुटबलले निकै ठुलो फड्को मारेको भन्दा फरक पर्दैन । कहिले नजित्ने नेपाली फुटबल भनेर आलोचना खेपिरहेको नेपाली फुटबलले पछिल्लो १५ महिनामा पटक पटक खुसीको माहोल तयार पारिरहेको छ । अहिलेको सफलतालाई हेर्दा पछिल्ला दुई दशकमा दालमा कालो थियो कि ? भन्ने समर्थकहरुको बुझाई हुनुलाई अन्यथा मान्न मिल्दैन । मेरो बुझाइ पनि त्यस्तै छ ।
यसमा बढी चर्चा गर्नु भन्दा यहाँ उठाउन खोजिएको विषयमा प्रवेश गर्ने अनुमति लिए । पूर्व अध्यक्ष थापाको पतन र खेलमिलेमतोको प्रकरण पछि नेपाली फुटबलले अहिले गति लिएको छ । एक पछि अर्को उपाधि जितेर देशको शिर ठाडोमात्र पारेको छैन, अझै सफलता पाउन सक्छ भन्ने आशा सञ्चार गरेको छ नेपाली फुटबलले । एक तरिकाले भन्ने हो भने अहिले नेपाली फुटबल तातेको छ । तातेको बेला सहि व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो ? पक्कै पनि एन्फाकै हो । जितेर आए पछि सम्मान र पैसाको घोषणा गरेर मात्र नेपाली फुटबलको विकास भयो भन्नु केही दिनको रमाइलो मात्र हो । कुनै बेला हामीभन्दा धेरै पछि रहेको भुटानले अहिले ठूलो फड्को मार्दा नेपाली फुटबलको समिक्षा गर्न जरुरी छ की छैन ? देशमा लिग हुन छाडेको छ । देशका एक दुई सहरमा हुने गोल्ड कपले कहिले सम्म नेपाली फुटबल धान्ला ? म यो प्रश्न नेपाली फुटबलको व्यवस्थापन र विकासको जिम्मेवार लिएर बसेका सरोकारवाला संग गर्न चाहान्छु । दुइ बर्ष देखि लिग भएको छैन । यो बर्ष पनि हुने नहुने अझै कुनै टुंगो छैन । के यसरी नै होला त नेपाली फुटबलको विकास ?
पछिल्ला सफलताले नेपाली फुटबल विगतमा गलत नेतृत्वको कारणपछि परेको भन्न सकिएला । तर, आउने दिनमा पुरानो नेतृत्वलाई दोष थोपरेर अहिलेको नेतृत्व उम्कन पाउने छैन । अहिलेको नेतृत्वलाई यो सफलता जोगाइ राख्ने चुनौति पहाडकै रुपमा खडा छ । देशमा अन्तराष्ट्रिय स्तरको एउटा खेलमैदान छैन, भएको खेलमैदान खेल्न लायक छैन । अहिलेको एन्फा नेतृत्व केही सफलताले दंग परेर बस्ने हो भने आउने दिन असफलता निश्चित प्राय छ । यो सफलताबाट उत्साहित हुनेमात्र होइन, यो साखलाई कसरी जोगाउन सकिन्छ भन्ने योजना र त्यहि अनुसारको कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्नु हुन्न ।
टोली जितेर फर्केपछि पुरस्कार घोषणा गर्न आतुर हुने सरकारलाई भौतिक पूर्वाधार निर्माणका लागि तयार पार्न एन्फाले भूमिका खेल्नै पर्छ । खेल मैदान विना फुटबलले फुल्ने र फक्रने सक्दैन । फिफा वरियतामा आफुभन्दा माथि रहेको देशका टोलीसँग समय समयमा मैत्रीपूर्ण खेल पहल एन्फाले लिनुपर्दछ । जतिसक्दो छिटो लिग सञ्चालन गर्नुपर्छ । अहिले राष्ट्रिय टोलीमा भएका खेलाडीकै भरमा बर्षौ खेल्न सकिन्छ भन्ने अनुमान गर्नु आफैमा गलत हुनेछ । लिगले नयाँ खेलाडी आउने वातावरण तयार पर्दछ । नयाँ खेलाडी आउने बाटो बन्द गर्दा त्यसले एउटा प्रक्रियानै अबरुद्ध हुनेमा एन्फा जानकार रहेकै हुनुपर्दछ ।

केही सहरमा हुने गोल्डकप आयोजनालाई स्वीकृती दिएर एन्फाको जिम्मेवारी पुरा हुँदैन । महिला र पुरुष दुवैका लागि ग्रासरुट कार्यक्रम, युवा परियोजना, लिग, राष्ट्रिय टोलीको तयारी गर्न सक्दा मात्र एन्फा हुनुको अर्थ रहन्छ । एन्फा नेतृत्वले एउटा पाटो होइन फुटबलको सबैपक्षलाई उत्तिकै महत्व र ध्यान दिनुपर्छ । अबको एक बर्षपछि नेपाली राष्ट्रिय साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । यो बीचमा एन्फाले नेतृत्वले फुटबललाई कसरी अघि बढाउँछ त्यसका आधारमा साफ च्याम्पिनसिपमा हाम्रो दाबेदारीलाई अनुमान गर्न सकिन्छ । अन्यथा १५ महिला अघि जस्तै अपेक्षा धेरै र प्रदर्शन कमजोर हुन समय लाग्दैन । एन्फा नेतृत्वको ध्यान त्यसमा जाओस् ।

जय नेपाली फुटबल

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.