default_image

3 years ago

December 25, 2021

रामोस र रातो कार्ड

86 views

0 Bookmark

एजेन्सी – स्पेनिस भेट्रान सेन्टरब्याक सर्जियो रामोसले करिअरको २७औँ रातो कार्ड पाएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का रामोसले फ्रान्सेली लिग वानअन्तर्गत लोरिएन्टसँगको खेलमा रातो कार्ड पाएका हुन् ।

पिएसजीमा उनको यो पहिलो रेड कार्ड हो । ३५ वर्षीय रामोस सर्वाधिक धेरै रातो कार्ड खाने फुटबलर हुन् । स्पेनिस क्लब सेभियाबाट व्यवसायिक फुटबल शुरु गरेका रामोसले अर्काे स्पेनिस क्लब रियल म्याड्रिडबाट १६ वर्ष खेल्दा धेरै राम्रा–नराम्रा उपलब्धि बनाए । जसमा उनको धेरै रातो कार्ड पनि सामेल छ ।

रियलमा उनले ६७१ खेल खेल्दा १०१ गोल गरेका छन् । जसक्रममा ८ रातो कार्डको उनले दर्शन गरेका छन् । उनले २५० भन्दा बढी पँहेलो कार्ड पाएका छन् । सन् २००० पछि हालसम्म सर्वाधिक धेरै रातो कार्ड खाने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका खेलाडीभन्दा रामोस ६ रातो कार्डले अघि छ ।

उनले अन्तिम रातो कार्ड सन् २०२० को फेब्रुअरीमा च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलमा पाएका थिए । त्यसयता उनी चोटका कारण विरलै मैदानमा छन् ।

रामोसले सन् २००५ मा स्पान्योलविरुद्ध १–० ले पराजित भएको खेलमा करिअरकै पहिलो रातो कार्ड पाएका थिए । त्यसपछि उनले ११ दिनको अन्तरमै रातो कार्ड पाएका थिए । उनले च्याम्पियन्स लिगमा ओलम्पियाकोसविरुद्ध २–१ को जितमा अन्तिम समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि रामोसले रियल सोसिडाड, भिल्लारियल, एट्लेटिको म्याड्रिड, सेभिया, रिक्रिएटिभो डि हुइलभा, रियल मलोर्का, मालगा, एट्लेटिको म्याड्रिड, आयाक्स, बार्सिलोना, बार्सिलोना, भिल्लारियल, सेल्टा भिगो, रायो भालेकानो, गालाटासारे, ओसासुना, बार्सिलोना, लास पल्मास, बार्सिलोना, बार्सिलोना, डिपोर्टिभो एलाभेस, एथलेटिको बिल्वाओ, जिरोना र म्यानचेस्टर सिटीसँगको खेलमा रातो कार्ड पाएका थिए । उनले बार्सिलोनासँग सबैभन्दा धेरै पाँचपटक रातो कार्ड पाएका छन् ।

बढी रातो कार्ड खानेको सुचीमा राफयल मरक्वेज २१ सहित दोस्रोमा छ । फिलिपे मेलो र माटियो कोन्टेनीले समान २० कार्ड पाएका छन् । फर्नान्डो एमोरविएटाले १९ रातो कार्ड पाएका छन् ।

जेरार्ड मोरेनो र ग्यारी मेडेलले समान १८ रातो कार्ड पाएका छन् । डेइभिडास सेमवेरस र गोन्जालो रोड्रिग्वेजले समान १७ रातो कार्ड पाएका छन् । फिलिपे मेक्सेस १६ रातो कार्डसहित १०औं स्थानमा रहेका छन् ।

अल्बर्टाे लोपो (१५), जियामपिएरो पिन्जी (१४), रिकार्डाे क्वारेस्मा (१४), जेरमेइनी जोन्स (१४), एलेक्सिस (१४), ज्लाटन इभ्राहिमोभिच, ड्यानिल कोन्टी, इम्री बेलो जोग्लु, कोस्मिन मोटी, लियोनाद्रो पोन्जियो, एलेसान्द्रो लुकारेली, फिलिपो पोरकारीले समान १३ रातो कार्ड पाएका छन् । ड्यानी आल्भेस, जेभियर मस्चेरानो र पेपेले समान १२ रातो कार्ड पाएका छन् ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.