3 years ago
December 23, 2021
एजेन्सी – ट्राइब्रेकरमा गोलरक्षक काओइहिम केलहर नायाक बनेपछि लिभरपुलले प्रिमियर लिग क्लब लेस्टर सिटीमाथि रोमाञ्चक जित निकाल्दै इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा लिभरपुलले खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याउँदै ट्राइब्रेकरमा ५–४ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो । जसमा लिभरपुलले बाजी मार्न सफल भयो ।
ट्राइब्रेकरमा लिभरपुलका जेम्स मिल्नर, रोबर्टाे फिर्मिनो, एलेक्स अक्सलेड चेम्वरलेन, नावी केइटा र डिएगो जोटाले गोल गरे । ताकुमी मिनामिनोको पेनाल्टी क्रसबारमा लाग्दै बाहिरिएको थियो । लेस्टरका युरी टिलेमान्स, जेम्स म्याडिसन, मार्क अल्ब्राइटन र केलिची इहानेचोले गोल गर्दा लुकी थोमस र रायन बट्रान्डको प्रहारलाई लिभरपुलका गोलरक्षक काओइहिम केलहरले बचाए ।
त्यसअघि एनफिल्डमा बुधबार राति भएको खेलको नवौं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले अग्रता लिएको थियो । उनले जेम्स म्याडिसनको पासमा गोल गरेका थिए । १३औं मिनेटमा भार्डीले पाटसन डाँकाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे ।
१९औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले रोबर्टाे फिर्मिनोको पासलाई सदुपयोग गरेका थिए । ३३औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई ३–१ ले अघि बढाए । ६८औं मिनेटमा डिएगो जोटाले ताकुमी मिनामिनोको पासमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ताकुमी मिनामिनोले जेम्स मिल्नरको पासमा गोल गर्दै खेललाई ट्राइब्रेकरमा लम्ब्याए ।
यो सँगै कारवाओ कपको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि आर्सनल, चेल्सी र टोटेनहमले अन्तिम चारको यात्रा तय गरिसकेको छ । अब सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटेनहमबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल ५ जनवरीमा हुनेछ । फाइनल १२ जनवरीमा हुनेछ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]