3 years ago
December 21, 2021
एजेन्सी – एसियाली राष्ट्र कतारले अर्काे वर्ष आयोजना हुने फिफा विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । विश्वकपको तयारीलाई निरन्तरता दिइरहेको कतारले अरब कपको सफलाताुपर्वक आयोजना गर्दै विश्वकपका लागि आफूहरू तयार भएको साबित गरेको छ ।
कतारले १०औं संस्करणको अरब कपको सफलतापुर्वक आयोजना गरेको थियो । १८ डिसेमवरमा भएको फाइनलमा अल्जेरियाले ट्युनिसियालाई हराउँदै उपाधि जितेको थियो । ११औँ संस्करणको अरब कप पनि कतारमै २०२२ मा हुने भएको छ ।
कतारले पहिलो पटक आयोजना गर्न लागेको हुन लागेको विश्वकप नोभेम्बर २१ देखि १८ डिसेम्बर २०२२ सम्म हुनेछ । एसियामै हुन लागेको यो दोस्रो विश्वकप हो, यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकपको आयोजना गरेका थिए ।
प्रतियोगिता नोभेम्बर र डिसेम्बरमा आयोजना हुँदैछ, यसको अर्थ खेलाडीहरूले घरेलु लिगका खेलहरू छाडेर राष्ट्रिय टिममा सहभागी हुनुपर्नेछ । क्लब फुटबलका खेलहरू छोडेर आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै कतार आउनुपर्ने भएका कारण पनि यो संस्करणको विश्वकपलाई असामान्य लिइन्छ । अघिल्ला विश्वकपहरू जुन–जुलाईमा सुरु हुने गरेका थिए ।
आगामी वर्ष ५० हजार अथवा ६० हजार दर्शकहरू कतारका थुप्रै रंगशालाहरू भरिने छन् । विश्वकपका लागि कतारले आधुनिक स्टेडियमहरू तयार पारिरहेको छ ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]