3 years ago
December 20, 2021
सुबास हुमागाईं, काठमाडौं
विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि जापानी गोलरक्षकलाई अनुबन्ध गरेको छ । जापानी गोलरक्षक युया कुरियामालाई अनुबन्ध गरेसँगै उनी विभागीय टोलीबाट ए डिभिजन लिग खेल्ने पहिलो विदेशी खेलाडी बनेका छन् ।
एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि विभागीय टोली एपिएफले पहिलोपटक विदेशी खेलाडी समावेश गरेको हो । लिगको पाँचौ चरणको खेलमा एपिएफले फ्रेन्ड्सविरुद्धको खेलमा गोलरक्षक युयालाई पहिलो रोजाईमा उतारेको थियो । एपिएफले लिगमा पहिलो जित दर्ता गर्ने क्रममा फ्रेन्ड्सलाई ३-१ ले पराजित गरेको छ ।
फ्रेन्ड्सविरुद्ध खेलमा गोलरक्षक कुरियामाले औसत प्रदर्शन गरे । दोस्रो हाफको अन्त्यतिर फ्रेन्ड्सले पेनाल्टी पाएपछि उनको परिक्षा भएको थियो । तर प्रेजेन तामाङले सहजै गोल गरे । त्यसअघि १७औं मिनेटमा प्रेजेनकै पेनाल्टी बक्सभित्रको प्रहारलाई युयाले विफल पार्दै फ्रेन्ड्स अग्रता लिनबाट बन्चित गरेका थिए ।
खेलपछि बोल्दै एपिएफका प्रशिक्षक कुमार थापाले टोलीमा रहेका गोलरक्षक घाइते भएपछि उनलाई अनुबन्ध गरिएको बताए । ‘हाम्रो टोलीमा गोलरक्षक नभएको कारण नै उनलाई अनुबन्ध गरिएको हो । अमृतको शल्यक्रिया गर्नुपर्ने भएको छ । राजु पनि शत प्रतिशत फिट छैनन् । त्यसैले हामीले अन्य पोजिसन जस्तो गोलरक्षकमा जोखिम लिन पनि सकेनौं,’ थापाले भने ।
थापाले खेलाडी अनुबन्ध गर्नु बाध्यता नै रहेको जानकारी दिए । ‘हामीलाई गोलरक्षक अभाव भएको कारण नै उनलाई अनुबन्ध गरेका हौं । उनी नेपालमा नै थिए, अन्य क्लबमा पनि पुगेका रहेछन् । अरु क्लबका कोटा पूरा भएको कारण प्रशिक्षण मात्र गरिरहेका थिए । हामीलाई आवश्यक परेपछि अनुबन्ध गर्न सक्यौं । विदेशबाट नै ल्याउनुपर्यो भने त हामीलाई आर्थिक भार पनि थपिने थियो,’ उनले प्रष्ट पारे ।
प्रशिक्षक थापाले क्लब लाइसेन्स प्राप्त गरेपछि अब खेलाडी अनुबन्धनले क्लबलाई व्यावसायिक बनाउने अपेक्षा गरे । ‘विभागीय टोलीबाट विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रियाको थालनी गरेका छौं । अब सायद अर्को खेलमा अर्का विदेशी खेलाडी पनि थपिनेछन् । नेपालमै रहेका विदेशी खेलाडी अनुबन्ध गर्ने हो । कागजी प्रक्रिया मिलेपछि उनी पनि टोलीमा देखिनेछन्,’ थापाले टुंग्याए ।
गोलरक्षक कुरियामा यसअघि च्यासल युवा क्लबमा प्रशिक्षणरत रहेका थिए । च्यासलमा विदेशी खेलाडीको कोटा पूरा भएपछि उनी त्यहाँ प्रशिक्षण गरिरहेका थिए । होचो कदका कुरियामाको आगमनले विभागमा विदेशी खेलाडी अनुबन्धको क्रम पनि सुरु भएको छ ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल सुपर लिग (एनएसएल) मा क्वालिफायरमा पुगिसकेको ललितपुर एफसी सिटी र बाहिरिसकेको झापा एफसीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको यो खेलको नतिजाले लिगको कुनै पनि समिकरणलाई असर गर्दैन । अर्थहिन यो खेलमा ललितपुर अपराजित यात्रा कायम राख्न चाहन्छ भने झापा जितसहित सिजन अन्त्य […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब ( बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ। बराबरीमा दुवैले समान १ अंक प्राप्त गरे । एन्फा कम्प्लेक्समा भएको खेलको आजको एक मात्र खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफ सुरु भएको चौथो […]
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]