default_image

3 years ago

December 19, 2021

नेपाललाई साफ यू १९ को फाइलन पुग्ने अवसर

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फाइनल पुग्ने मौकाका साथ नेपाली टोलीले बंगलादेशमा जारी साफ यू १९ महिला च्याम्पियनसिप फुटबलमा आइतबार भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकासिथ्त सहिद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको नेपाली टोलीले भारतसँग बराबरी खेल्दा पनि फाइनल पुग्नेछ । भारतले भने नेपाललाई हराए मात्र फाइनल पुग्ने सम्भावना हुन्छ । ३ खेलबाट ७ अंक जोडेर नेपाल शीर्ष स्थानमा छ भने समान अंक भए पनि गोलअन्तरमा पछि रहेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ । भारतको २ जित र १ हारसहित ६ अंक छ र टोली तेस्रो स्थानमा छ ।

बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिपको सुरुवात गरेको नेपालले नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो । सुरुवाती दुई खेलमा श्रीलंका र भुटानलाई हराएको भारत बंगलादेशसँग पराजित भएको थियो ।

सोमबार नै बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले भारतमाथि जित हासिल गरे स्वतः फाइनल पुग्नेछ । अर्को खेलको नतिजाले असर गर्ने छैन । राउन्ड रोविन पछि शीर्ष २ टोलीले पुस ७ गते उपाधिका लागि खेल्नेछन् ।

नेपाली महिला (यू–१९) २३ सदस्यीय टोली

अन्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिषा कार्की, मेनुका कुमारी आलेमगर

September 21, 2024

लिभरपुलको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बर्नमाउथमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिजनको चौथो जित निकाल्ने क्रममा लिभरपुलले शनिवार बर्नमाउथलाई ३-० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलका लागि २६औँ मिनेटमा डियाजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका […]

September 21, 2024

वेस्ट ह्याममाथि चेल्सीको जित

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

Success

Thank you for your time.