default_image

3 years ago

December 18, 2021

लेवान्डोस्कीको कीर्तिमानमा बायर्नको सानदार जित

53 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित निकालेको छ । बायर्नले वल्फ्सवर्गलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नको सानदार जितमा लेवान्डोस्कीसँगै थोमस मुलर, डेअट उपमेकानो र लिरोए सानेले गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शुक्रबार राति भएको खेलको सातौ मिनेटमा थोमस मुलरको गोलबाट बायर्नले अग्रता लिएको थियो । ५७औं मिनेटमा डेअट उपमेकानोले मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा लिरोए सानले सर्ज जिनाब्रीको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए । ८७औं मिनेटमा लेवान्डोस्कीले जमल मुसिएलाको पासमा गोल गर्दै बायर्नको जित पक्का गरे ।

वल्फ्सवर्गविरुद्ध एक गोल गरेसँगै लेवान्डोस्कीले गर्ड मुलरको कीर्तिमान तोडेका छन् । मुलरले सन् १९७२ मा ४२ गोलको कीर्तिमान राखेका थिए । लेवान्डोस्कीले सन् २०२१ म ४३ गोल गर्दै गर्ड मुलरको कीर्तिमान तोडेका हुन् ।

यो जितसँगै बायर्नले शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ । बायर्नको १७ खेलबाट ४३ अंक पुगेको छ । एक खेल कम खेलेको डर्टमुन्डको ३४ अंक छ । पराजित वल्फ्सवर्ग २० अंक जोडेर १२औं स्थानमा रहेको छ ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.