3 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ ।
आर्मीले सुरुवाती अग्रता जोगाउन नसक्दा सातदोबाटोसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा खेलमा दिनेश हेन्जनको गोलबाट आर्मीले १०औं मिनेटमा अग्रता लिएको थियो ।
टेक बहादुर बुढाथोकीको क्रसमा कप्तान जर्जप्रिन्स कार्कीले फ्लिक गरेको बलमा पिटर सेगुन पनि बिट हुदा अनमार्क रहेका दिनेशले सहजै जाली चुमाएका थिए । त्यसअघि १०औं मिनेटमा निरज चौधरीको प्रहार सिधै गोलरक्षक बिकेश कुथुको हातमा पुगेको थियो ।
१६औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । गोलरक्षक अभिषेक बरालको लामो पासलाई मार्टिन्सले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै डिफेन्डर बिमल पाण्डेयलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।
२१औं मिनेटमा टेक बहादुर बुढाथोकीको क्रसलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाउँदा पिटर सेगुनको क्लियरेन्स कमजोर बन्दा सन्तोष तामाङको ओभरहेड किकलाई गोलरक्षक अभिषेकले नियन्त्रणमा लिए ।
६६औं मिनेटमा कप्तान मानबहादुर तामाङको पासमा आदित्य शाक्यको फ्रि हेडर गोलरक्षक बिकेश कुथुले सहजै बचाए । ६९औं मिनेटमा पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट थोरै आकासिदा आर्मी अग्रता लिनबाट चुक्यो । ७५औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा सन्तोष तामाङको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो ।
यो बराबरीपछि अपराजित रहेको आर्मीको ५ खेलबाट ९ अक पुगेको छ । आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । सातदोबाटोको ५ खेलबाट ८ अंक पुगेको छ ।
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]