default_image

3 years ago

December 12, 2021

थ्री स्टार र एपिएफ भिड्दै

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तरगत आइतबार चौथो राउन्डमा एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदा रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ फुटबल क्लब आमने–सामने हुँदैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४:४५ बजेपछि सुरु हुनेछ । थ्री स्टार दोस्रो तथा एपिएफ पहिलो जितको खोजीमा हुनेछ । थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएपनि त्यसपछिको दुई खेलमा जित निकाल्न सकेको छैन ।

थ्री स्टार दोस्रो खेलमा नव प्रवेशी सातदोबाटो युथ क्लबसँग १–० ले स्तब्ध हुँदा तेस्रो राउन्डको खेलमा फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिन पुगेको थियो । युवा खेलाडीका साथ यो सिजनको लिग खेलिरहेको टोलीले यसपटक राम्रो सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेको छैन । टोलीले दुई खेलबाट ५ अंक गुमाइसकेको छ । थ्री स्टार ३ खेलमा ४ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।

टोलीमा कप्तान विक्रम लामा, अनन्त तामाङ, सन्जोक राई, निशान खड्का, आयुष घलान, मिक्चेन तामाङ, प्रिसो, राफयल रिमगागो, हेमन्त थापामगर, रितिक खड्का, लाकेन लिम्बु, डोना थापा र मोआ रहेका छन् ।

यता, लिगमा जित दर्ता गर्न नसकेको एपिएफ थ्री स्टारलाई स्तब्ध पार्दै पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ छ । टोलीले राम्रो खेलेपनि जित निकाल्न सकेको छैन । आज एपिएफले नेपाली फुटबल इतिहासमा नै पहिलो पटक विभागीय टोलीबाट विदेशी खेलाडी खेलाउने सम्भावना रहेको छ । अंकविहीन हुदै पुछारमा रहेको एपिएफले थ्री स्टारलाई हराउन सके ११औं स्थानमा उक्लने छ ।

एपिएफले ब्रिगेड ब्वाइजसँग ३–२, च्यासलसँग १–० ले तथा सातदोबाटोसँग ४–१ ले पराजित भएको थियो । टोलीमा आशिष लामा, नवीन लामा, विकी तामाङ, रवि थिङ, श्याम नेपाली र अवास लामिछाने टोलीमा रहेका छन् । टोलीले विदेशी खेलाडीका रुपमा जापानी गोलरक्षक र अफ्रिकी डिफेन्डर खेलाउने चर्चा रहेको छ ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.