3 years ago
December 12, 2021
एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जित निकाल्दा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले बराबरीको नतिजा निकालेको छ ।
घरेलु मैदानमा बायर्नले माइन्जमाथि २–१ को पूनरागमन जित निकालेको हो । बायर्नको पुनरागमन जितमा किङ्सले कोमान र जमल मुसिएलाले गोल गरे । माइन्जका करिम ओनिसिओले एक गोल गरे ।
एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको २२औं मिनेटमा करिम ओनिसिओको गोलबाट माइन्जले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । एक गोलले पछि परेको बायर्नले त्यसपछि माइन्जलाई दवावमा राखेपनि दोस्रो हाफमा मात्रै बराबरी गोल फर्काउन सफल भयो ।
५३औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा लयाए । उनले कोरिन्टिन टोलिसोको पासमा गोल गरेका थिए । ७४आं मिनेटमा जमल मुसिएलाले बेन्जामिन पाभर्डको पासमा गोल गर्दै बायर्नको जित पक्का गरे ।
यो जितसँगै शीर्षस्थानमा रहेको बायर्नको १५ खेलबाट ३७ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुयिा डर्टमुन्डलाई ६ अंकले पछि पारेको छ । डर्टमुन्डको समान खेलबाट ३१ अंक छ । पराजित माइन्ज २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
अर्काे खेलमा डर्टमुन्डले घरेलु टोली बोचुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलको अन्त्यतिर जुलियन ब्रान्ड्टले गोल गर्दै डर्टमुन्डलाई हारबाट जोगाएका हुन् । त्यसअघि ४०औं मिनेटमा सेवास्टिएन पोल्टेरको गोलबाट बोचुमले अग्रता लिएको थियो ।
५४औं मिनेटमा डर्टमुन्डका मारिअस वल्फले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । यो बराबरीसँगै दोस्रो स्थानको डर्टमुन्डको १५ खेलबाट ३१ अंक पुगेको छ । बोचुम २० अंक जोडेर १०औं स्थानमा रहेको छ ।
अर्काे खेलमा आरबी लाइप्जिगले बोरुसिया मोन्चेनग्लाडवाकलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । लाइप्जिगको जितमा जोस्को जिभराडिओ, आन्द्रे सिल्भा, क्रिस्टोफोर एनकुुकु र बेन्जामिन हेनरिचले गोल गर्दा मोन्चेनग्लाडवाकका रामी बेन्सेवेइनीले एक गोल फर्काए ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]