default_image

3 years ago

December 11, 2021

रहिमको गोलमा सिटीको जित

94 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड रहिम स्टर्लिङको पेनाल्टी गोलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले जित निकालेको छ । घरेलु मैदानमा सिटीले वल्भ्सलाई १–० ले पराजित गरेको हो ।

दोस्रो हाफमा रहिमले पेनाल्टीमार्फत गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गरेका थिए । बर्नाडो सिल्भाको क्रसलाई मौटिन्होले पेनाल्टी बक्समा हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रहिम चुकेनन् ।

त्यसअघि इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा पाहुना टोली पहिलो हाफमै १० खेलाडीमा समेटिन पुगेको थियो । राहुल जिमिनेज दोहारो पहेलो कार्ड खाँदै पहिलो हाफमा इन्ज्युरी समयको दोस्रो मिनेटमा बाहिरिएको थियो ।

वल्भ्स १० खेलाडीमा सेमटिएपछि सिटीले लगातार दवाव बढाएपनि गोलको लागि निकै संघर्ष गर्नुपर्दा पेनाल्टीको सहारा लिनु परेको थियो । यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको १६ खेलबाट ३८ अंक पुगेको छ । पराजित वल्भ्स २१ ऋंक जोडेर आठौं स्थानमा रहेको छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.