default_image

3 years ago

December 11, 2021

पहिलो हाफ – सुनिलको गोलमा मछिन्द्रको अग्रता

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

फरवार्ड सुनिल बलले २९औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् । ओमोलाजा नुरेन करिमको फ्रिकिकमा गोलरक्षक पोजिसनभन्दा अघि बढ्दा सुनिलले वान टचमा गोल गर्न सफल भएका थिए । जारी लिगमा सुनिलको यो तेस्रो गोल हो । यसअघि उनले एनआरटीविरुद्धको जितमा दुई गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगहालामा शनिबार भएको खेलको ११औं मिनेटमा नुर्लान नोभ्रुजोभको सशक्त प्रहार क्रसबारमा लाग्दै बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । रन्जित धिमालको क्रसलाई शेर्पाका सन्जत राईले नभेटेको बललाई नुर्लानले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

२२औं मिनेटमा सुनिल बलको फ्रिकिकलाई गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाए । ३२औं मिनेटमा मनिष डाँगीको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा मच्छिन्द्र अग्रता दोब्बर पार्नबा चुक्यो ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.