3 years ago
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिज लिगमा नव प्रवेशी सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ । चौथो राउन्डको खेलमा सातदोबाटो न्युरोड टिम (एनआरटी) १–० ले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १६औं मिनेटमा आकाश बुढामगरको फ्रिकिकलाई एनआरटीका डिफेन्डरले क्लियर गर्दै बचाए । ३९औं मिनेटमा एरिक विष्टको पेनाल्टी बक्सबाहिरको प्रहार पिटर सेगुनलाई लाग्दै बाहिरियो ।
४४औं मिनेटमा स्टेफन समिर विनोङको प्रहारलाई सातदोबाटोको कप्तान मान बहादर तामाङले बचाउँदा एनआरटी अग्रता लिनबाट चुक्यो । दोस्रो हाफको बल चलेको १५ सेकेन्डमै स्टेफन समिर विनोङले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए । करण रावतको मिस पासलाई मेसुके ओलुमोउले नियन्त्रणमा लिदै दिएको पासमा स्टेफनले सहजै जाली चुमाएका थिए ।
५९औं मिनेटमा स्टेफन समिरको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाए । ६७औं मिनेटमा दिपेश घलेको पेनाटी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट आकासिदा एनआरटी अग्रता लिनबाट चुक्यो । ८३औं मिनेटमा अजायी मार्टिन्सको क्रसलाई विवेक गुरुङले क्लियर गर्दै बचाए ।
प्हिलो हारसँगै सातदोबाटोले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । सातादोबाटो ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानम रहेको छ । लिगमा पहिलो जित निकालेको एनआरटी ४ खेलबाट ५ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]