default_image

3 years ago

December 11, 2021

घरेलु टोली बंगलादेशको सामना गर्दै नेपाल

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशसँग शनिबार खेल्दै नेपाली फुटबल टोलीले साफ यू–१९ महिला च्याम्पियनसिपको यात्रा सुरु गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिफाली मुस्तफा कमल रंगशालामा साँझ ७ बजे सुरु हुनेछ ।

नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले घरेलु मैदान भएकाले बंगलादेशलाई फाइदा भएपनि आफूहरु राम्रो प्रदर्शनका लागि तयार रहेको बताएका छन् । शनिबार नै भुटान र श्रीलंकाबीच पहिलो खेल हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

दक्षिण एसियाका ५ देशको सहभागिता रहेको च्याम्पियनसिप राउन्ड रोविनका आधारमा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले पुस ७ गते उपाधिका लागि खेल्नेछन् । नेपालले मंसिर २९ गते श्रीलंका, पुष २ गते भुटान र पुष ४ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला (यू–१९) २३ सदस्यीय टोली

अन्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिषा कार्की, मेनुका कुमारी आलेमगर

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.