default_image

3 years ago

December 11, 2021

पिएसजीले अन्तिम १६ मा कठिन प्रतिद्वन्द्वी पाउने पक्का

141 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने देखिएको छ ।

समूह ए बाट उपविजेताको रुपमा अघि बढेको पिएसजीले उपाधि दाबेदार टोलीहरुको सामना गर्ने समीकरण अघि आएको छ । समूह विजेता म्यानचेस्टर सिटीलाई तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पर्ने सम्भावना छ । समूह जी बाट लिल समूह विजेता बनेपछि पिएसजीले आफ्नै देशको क्लबसँग खेल्नुपर्ने छैन । त्यसबाहेक अन्य सबै समूहको विजेता उपाधिका दाबेदार नै रहेका छन् ।

अब पिएसजीले अन्तिम १६ मा भेट्ने सबैभन्दा सहज प्रतिद्वन्द्वी नै आयाक्स रहेको छ । तर आयाक्सले यस सिजन च्याम्पियन्स लिगमा ऐतिहासिक प्रदर्शन गरेको छ । पहिलो पटक समूहका सबै ६ खेल जितेको आयाक्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

यसबाहेक पिएसजीको सम्भावित प्रतिद्वन्द्वीमा लिभरपुल, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड र युभेन्टस रहेका छन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग एकै समूहमा खेलेका कारण अन्त्तिम १६ मा सामना गर्नु पर्दैन ।

अन्तिम १६ मा छनोट हुने टोलीले आफ्नो देशको लिग र आफ्नै समूहको प्रतिद्वन्द्वीसँग खेल्नु पर्दैन । यसकारण पनि पिएसजीलाई थप कठिनाई भएको हो । अन्तिम १६ मा समूह विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछ । अन्तिम १६ चरणको ड्र सोमबार हुँदैछ ।

समूह विजेता : म्यानचेस्टर सिटी, लिभरपुल, आयाक्स, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, लिल, युभेन्टस

समूह उपविजेता : पिएसजी, एटलेटिको म्याड्रिड, स्पोर्टिङ लिस्बन, इन्टर मिलान, बेन्फिका, भिल्लारियल, रेड बुल साल्जबर्ग, चेल्सी

यो पनि पढ्नुहोस : रियलले चेल्सी वा पिएसजीसँग खेल्ने सम्भावना

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

Success

Thank you for your time.