default_image

8 years ago

November 20, 2016

बिश्व कप अनुभवी खेलाडी नेपालको ‘टिम वर्क’ र ‘स्पिड’ देखी प्रभावित

117 views

0 Bookmark

बिश्व कप अनुभवी खेलाडी काजुयुकी टोडा नेपाली खेलाडिहरुको टिम वर्क देखी प्रभावित भएका छन । नेपाल र फ्रेण्ड्स अफ जापान बिचको च्यारिटी खेल पछी पत्रकार सम्मेलनमा उनले एक पत्रकारको प्रश्नको उत्तर दिदै नेपाली खेलाडी हरुको टिम वर्कको तारिफ गरेका हुन ।

nepal

‘नेपाली टोलिको बलियो र कमजोर पक्ष्य कुन लागयो ‘ ? भन्ने प्रश्नको उत्तर दिदै टोडाले उक्त प्रतिकृया दिएका हुन ।

टोडाले नेपालको बलियो पक्ष्य भनेको टिम वर्क र स्पिड रहेको बताए । उनि नेपाली खेलाडिमा क्षमता रहेको र ‘टेक्निकल’ रुपमा पनि नेपाल राम्रो रहेको बताए ।

त्यस्तै नेपालले ‘म्यान मार्किङ’ गर्दा मेहनत गर्नु पर्ने कुरा पनि २००२ बिश्व कप खेलाडी टोडा काजुयुकिले बताए । ‘ आफु नजिक बल हुँदा नेपाली डिफेन्सले राम्रो डिफेन्ड गरे तर म्यान मार्किङमा नेपाल कमजोर देखियो । ‘ , टोडाले भने ।

Todu

तश्बिर – एन्फा

नेपाली खेलाडिहरुले राम्रो प्रशिक्षक पाएका छन त्यसैले निश्चित रुपले त्यो कुरामा नेपाली खेलाडिहरुले सुधार गर्ने कुरा उनले बताए । फ्रेन्डस अफ जापानको खेलाडी र प्रशिक्षकको रुपमा नेपाल आएका काजुयुकिले आफुले सामान्य घुडाको चोटको कारण नखेलेको बताए ।

“वार्म अप गर्दा घुडाको दुखाइका कारण मैले सुरुमा खेलिन । तर अन्त्यमा केहि समय खेल्ने सोचे पनि खेलको तीव्रता बडेको थियो । दुबै खेलाडी खेल जित्ने प्रयासमा थिए, त्यसैले चोटको डरले गर्दा मैले खेलिन । “, निकै हास्य रुपमा आफुलाई प्रस्तुत गर्दै टोडाले जनाए ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.