3 years ago
December 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप छनोटको सम्भावना बलियो पार्नका लागि दुई क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको अलग अलग खेलमा शुक्रबार प्रतिस्पर्धा गर्दैछन् ।
एएफसी क्लब लाइसेन्स प्राप्त नेपालका चार मध्ये दुई टोली मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लब फरक खेलमा उत्रदैछन् । दशरथ रंगशालमा दिउँसो १:०० बजे सुरु हुने खेलमा मनाङले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । आर्मीले दिउँसो ४:४५ बजे सुरु हुने खेलमा च्यासल युथ क्लबको सामना गर्नेछ ।
सातौं चरण सम्पन्न हुँदा लाइसेन्स प्राप्त ४ क्लबमध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीले सन् २०२२ मा हुने एएफसी कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । मनाङ, आर्मीसँगै साविक विजेता मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबसँग मात्र एएफसी क्लब लाइसेन्स छ ।
बुधबार लिगको तेस्रो चरणको समाप्तीमा अंक तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र र तेस्रो स्थानको मनाङको समान ७ अंक छ । आर्मी ५ अंकका साथ छैटौं स्थानमा छ भने अंकविहिन एपिएफ पुछारमा छ ।
गत सिजन मछिन्द्रसँग क्लब लाइसेन्स नभएकै कारण दोस्रो स्थानको आर्मीले एफसी कपको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । त्यति बेला आर्मीसँग मात्रै क्लब लाइसेन्स थियो । यो वर्ष थप तीन क्लबले मापदण्ड पूरा गर्दै लाइसेन्स प्राप्त गरेपछि क्लब संख्या ४ पुगेको हो ।
मनाङसँग भिड्दा फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ । ३ खेलमा फ्रेन्ड्सले २ खेलमा बराबरी गर्दै २ अंक जोड्दै दसौं स्थानमा छ । आर्मीसँग भिड्नु अघि च्यासलले भने ३ खेलमा १ जित, १ बराबर र अर्को हार बेहोर्दै ४ अंकका साथ नवौं स्थानमा छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]