default_image

3 years ago

December 9, 2021

लिल र साल्जवर्ग नकआउटमा, सेभिया बाहिरियो

54 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब लिल र अष्ट्रियन क्लब रेडबुल साल्जवर्ग युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ‘जी’ बाट लिल विजेता र साल्जवर्ग उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।

बुधबार राति भएको खेलमा लिलले घरेलु टोली जर्मन क्लब वल्फ्सवर्गलाई ३–१ ले पराजित गर्दै समुह विजेता बनेको हो । लिलको जितमा बुराक यिल्माज, जोनाथन डेभिड र एन्जल गोमेजले गोल गरे । घरेलु टोलीका रेनाटो स्टेफेनले एक गोल फर्काए । जितपछि लिलले ६ खेलबाट ११ अंक जोड्यो । पराजित वल्फ्सवर्ग ५ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्काे खेलमा साल्जवर्गले स्पेनिस क्लब सेभियालाई १–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भयो । साल्जवर्गका नोआ ओकाफोरले दोस्रो हाफमा गोल गर्दै साल्जवर्गलाई जित दिलाए ।

त्यसपछि जोन जोर्डन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिया १० खेलाडीमा सीमित बन्दा खेलमा फर्कन सकेन । यो नतिजा पछि साल्जवर्गले ६ खेलबाट १० अंक जोड्यो । पराजित सेभिया ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

Success

Thank you for your time.