3 years ago
December 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिनियर राष्ट्रिय टोलीका ६ खेलाडी समेट्दै साफ महिला यू-१९ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघले अन्तिम टोली घोषणा गरेको छ ।
बंगलादेशको ढाकामा डिसेम्बर ११-२२ सम्म हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा भएको हो । प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा पछिल्लो तीन सातायता टोली एन्फा कम्प्लेस सातदोबाटोमा प्रशिक्षणरत थियो । उपमेयर कपको प्रदर्शनको आधारमा एन्फाले टोली दुई चरणमा छनोट गरेको हो । यसअघि ४० खेलाडी पहिलो चरणमा थिए ।
आइतबार घोषित टोलीमा गोलरक्षक अन्जना रानामगरसँगै डिफेन्डर विमला विक, मिडफिल्डर प्रिती राई र फरवार्ड रश्मिकुमारी घिसिङ, सविता रानामगर र रजनी थोकरले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । यस्तै यू-१६ उमेर समूह र यसअघि यू-१९ उमेर समूहमा खेलिसकेका खेलाडी टोलीमा रहेका छन् ।
नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, श्रीलंका र भुटानले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
२३ सदस्यीय टोली :
अन्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिषा कार्की, मेनुका कुमारी आलेमगर
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]