default_image

3 years ago

December 5, 2021

घरेलु मैदानमा बार्सिलोना र एट्लेटिकोको हार

167 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा हार बेहोरेको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो ।

बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १–० ले स्तब्ध बनेको हो । नोउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७९औं मिनेटमा क्रिस्टियन टेलोको पासमा गोल गरेका थिए ।

जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पहिलो हार बेहोरेको हो । जाभीको प्रशिक्षणमा बार्सिलोनाले चार खेल खेल्दा दुई जित, एक बराबरी र हारको नतिजा निकालेको छ । ला लिगामा स्पान्योल र भिल्लारियललाई हराएको बार्सिलोनाले च्याम्पियन्स लिगमा बेन्फिकासँग गोलरहित बराबरी खेलेको थियो ।

यो हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १६ अंकले पछि परिसकेको छ । बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनालाई हराएको रियल बेटिस ३० अंक जोडेर तेस्रो स्थामा उक्लिएको छ ।

अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिको रियल मलोर्कासँग २–१ ले स्तब्ध बनेको छ । घरेलु टोलीका म्याथिअस कुन्हाले गोल गर्दा मलोर्काका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले गोल गरेका थिए ।

एट्लेटिकोले ६८औं मिनेटमा म्याथिअस कुन्हाको गोलबाट अग्रता लिएको थियो । उनले एन्जल कोरेआको पासमा गोल गरेका थिए । ८०औं मिनेटमा फ्रान्को रुस्सोले काङ इन लिको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट ताकेफुसा कुवोले एन्जल रोड्रिग्वेजको पासमा गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारे ।

यो जितसँगै मलोर्का १९ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित एट्लेटिको १९ अंक जोडेर चौथो स्थानमा झरेको छ ।

यस्तै अर्काे खेलमा सेभियाले भिल्लारियललाई १–० ले तथा ग्रानडाले डिपोर्टिभो एलाभेसलाई २–१ ले पराजित गरेको छ । जितसँग सेभिया १५ खेलबाट ३१ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित भिल्लारियल १६ अंक जोडेर १३औं स्थानमा छ । ग्रानडा १५औं र एलाभेस १६औं स्थानमा छ ।

March 12, 2025

लिभरपुललाई हराउँदै पिएसजी क्वाटरफाइनलमा

एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

Success

Thank you for your time.